स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिदै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि बजेट तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा ३० अर्वको बजेट ल्याएको गण्डकी सरकारले आगामी आवको लागि बजेट तयारी गरेको हो । चालु आर्थिक वर्षको भन्दा आगामी वर्षमा बजेटको मात्रा पनि बढी हुने गण्डकी सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले जनाएका छन् ।
गण्डकी प्रदेश सरकारको आफ्नै आम्दानी न्यून छ जसले बजेट निर्माणमा समस्या भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले आगमी आर्थिक वर्षको लागि ३४ अर्वको बजेत ल्याउने तयारीमा सरकार छ । मन्त्रालयको स्रोत अनुसार ३४ अर्व भन्दा बढीको बजेट ल्याउने गरि तयारी भइरहेको छ । ५ अर्व राजस्व उठाउने लक्ष्य लिएको सरकारले ३ अर्व राजस्व उठिसकेको र असार मसान्तसम्म साढे ४ अर्व राजस्व उठ्ने बताउदै आन्तरिक ऋणलाई बृद्धि गर्ने, खर्च गर्न बा“की बजेटसहित ३४ अर्वको बजेट ल्याउने तयारी भएको हो ।
बजेटले दीर्घकालिन योजनालाई प्राथमिकता दिनेछ । कृषिलाई व्यवसायीक बनाउने, भौतिक योजना मात्र नभई प्राविधिक शिक्षालाई बढुवा दिने, प्रसुति गृह संचालन जस्ता योजनालाई सरकारले प्राथमिकतामा राखेको छ । अर्थ मन्त्रालयले बजेटको लागि प्रदेशका ११ वटै मन्त्रालय, आयोग, सरोकारवाला निकायसँग छलफल गरिसकेको जनाएको छ । संघीयता कार्यान्वयनस“गै निर्माण भएको पहिलो प्रदेश सरकारको यो बजेट पाँचौ पटक हो । गठबन्धनको सरकार गठन भएपछि ल्याइने यो दोस्रो बजेट हो । चुनावी वर्ष भएकाले पनि यसवर्षको बजेट चुनाव केन्द्रित रहने सत्तारुढ दलकै सांसदले बताएका छन् । ‘सरकार ढल्छ की भन्ने पिर छैन’ सत्तारुढ दलका एक सांसद भन्छन, ‘हामीले माग गरिएका योजना सम्बोधन हुदैनन् । मन्त्रीका आफ्नै खुशीमा योजना चलेको छन् । रातो किताव भन्दा बाहिर गएर २० हजारका योजना पनि राखेका छन् । अव आउने बजेट पनि व्यक्ति स्वार्थ केन्द्रित हुनेछ ।’ उनले सरकारले जतिसक्दो चुनावलाई लक्षित गर्दै बजेट ल्याउने उनले बताए ।
अर्थ मन्त्रालयले बजेट तयारीको लागि सवै मन्त्रालयलाई सिलिङ पठाइसकेको छ । ‘चालु वर्षमा योजना छन्, बजेट छैन’ अर्थमन्त्री बराल भन्छन, ‘सरकारले गर्न चाहेर पनि बजेट अभावका कारण धेरै काम रोकिएका छन् । विकासे योजना अलपत्र भएका छन् । बहुवर्षिय योजना यत्तिकै छन् । यी सवै काम पुरा गर्नको लागि बजेटको मात्रा थप गर्नुपर्ने हुन्छ ।’ उनले चालु आर्थिक वर्षमा बजेट अभावका कारण बहुवर्षिय योजना कार्यान्वयनमा निकै चुनौति भएको बताए । यस्तै, निःशुल्क रगतको व्यवस्था जस्ता महत्वपूर्ण केही कार्यक्रम नया“ थप गरिने उनले बताए । आगामी वर्षको लागि बजेटले १० लाख भन्दा तलको रकमका योजना समावेश नगर्ने गरि तयारीमा जुटेको उनको भनाई छ । ‘प्रदेश सरकारले १० लाख भन्दा तलको बजेटका योजना नराख्ने गरि तयारी भएको छ’ उनले भने, ‘यसको लागि हामी छलफलमा जुटेका छौ । स्थानीय सरकार मात्र होइन, वडा कार्यालयबाट विनियोजित हुने बजेट प्रदेशले गर्दा योजना निर्माणमा पनि समस्या भएको हो ।’ उनले रकम सानो हुदाँ फिल्डमा देखिने काम न्यून भएको बताए । उनका अनुसार रातो कितावमा एउटा योजना र कार्यान्वयनमा अर्को योजना हुदाँ पनि समस्या भएको हो । ‘नियमले यो पाइदैन तर, चल्दो रहेछ’ व्यंग गर्दै उनले भने, ‘अर्थ मन्त्रालयमा बस्नु भनेको दुश्मन हुनु हो । सिस्टमका कुरा गर्यो सवैको आँखी भइने ।’ सरकारका पुराना योजनालाई नै निरन्तरता दिदै केही नया“ योजना थप गर्दै बजेट ल्याइने मन्त्रालयले जनाएको छ । प्रमुख प्रतिपक्ष दल एमालेका सांसद इन्द्रलाल सापकोटाले सरकारका पुराना योजना नै जनतामुखी भएकाले सोही अनुसार बजेट ल्याउनुपर्ने बताएका छन् । ‘हामीले अर्थमन्त्रीलाई पनि यही सल्लाह दिएका छौ’ उनले भने ।
