गण्डकी प्रदेश सभा वैठक– अर्थमन्त्री रामजीप्रसाद बरालद्धारा आगामी वर्षकाे लागी ३५ अर्वकाे बजेट पेश

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९–८० का लागि बजेट पेश गरेका छन् । बुधबार प्रदेश सभाको वैठकमा उनले ३५ अर्व ९० कराेड ९० लाखकाे बजेट पेश गरेका हुन् । अर्थमन्त्री बरालले आगामी आवको लागि बजेटको आकार बढेको बताएका छन् । चालुतर्फ १३ अर्व २६ कराेड र पुँजीगततर्फ २२ अर्व १४ कराेड बजेट रहेकाे छ । बजेट चालु आर्थिक वर्षको भन्दा करिव ६ अर्व बढी रहेको छ । चालु आवको लागि सरकारले ३० अर्वको बजेट ल्याएको थियो । अान्तरिक खर्च हुन नसकेको रकम, आन्तरिक ऋण र आन्तरिक स्रोतबाट बजेटको आकार बढाइएको हो । सरकारको आफ्नो कार्यकालमा ल्याउने यो नै अन्तिम बजेट हो । बजेटले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकीमा १२ वटा मन्त्रालय छन् । काँग्रेस नेतृत्वको गठबन्धनको सरकारले ल्याउन लागेको यो बजेट दोस्रोपटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *