गण्डकी प्रदेशमा पछिल्लोसमय सहकारीको संख्या थपिदै गएको छ । जसले पिछडिएको वर्ग, महिला, दलित, जनजातिलाई नेतृत्वमा पु¥याउने काम गरेको छ । यतिमात्र होइन आर्थिक रुपमा पनि महिला सक्षम हुदै गएको एक प्रतिवेदनले जनाएको छ ।
गण्डकी प्रदेशको करिव ४७ प्रतिशत जनसंख्या सहकारीमा आवद्ध छ । जसमध्ये महिला सहभागिता ५७.५ प्रतिशत रहेको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पहिलोपटक गरेको आर्थिक सर्वेक्षणले सो कुरा बताएको हो । प्रदेशको आर्थिक विकास र समृद्धिको लागि आर्थिक सर्वेक्षण आवश्यक रहेकाले हालै मात्र आर्थिक सर्वेक्षण गरिएको अर्थमन्त्री रामजीप्रसाद बरालले जानकारी दिए । सहकारीले महिलालाई सामाजिक, राजनीतिक र आर्थिक व्यवस्थापनमा सकरात्मक भूमिका खेलेको उनले बताएका छन् ।
गण्डकीमा उत्पादन, उपभोक्ता, वित्तिय, बहुउदेश्ययीय, र सेवा क्षेत्रमा गरी २ हजार ६ सय ६१ वटा सहकारी संस्था आबद्ध रहेको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक बर्ष २०७८÷७९ मा गण्डकी प्रदेशको प्रतिव्यक्ति आम्दानी १ हजार ४ सय ३७ अमेरिकी डलर पुगेको छ भने नेपालको कुल प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ अमेरिकी डलर रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । प्रदेशमा कुल ३ लाख ७० हजार हेक्टर खेतीयोग्य जमिन भएकोमा २ लाख ७२ हजार हेक्टरमात्र सिंचाई योग्य रहेको छ । हालसम्म १ लाख ३७ हजार ८ सय ५० हेक्टर जमिन सिंचाई सुविधा पुगेको छ । गण्डकी प्रदेशमा हाल १४.९१ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि, २६.१ प्रतिशत जना मानवीय गरिबीको रेखामुनि र १४.२ प्रतिशत जनता बहुआयीमिक गरिबीमा रहेको सर्वेक्षणमा उल्लेख छ ।
प्रदेशका विभिन्न तथ्याङक र सम्भावनाको ठाउ“समेत सर्वेक्षणले पहिचान गरेको अर्थ सचिब बैकुण्ठ प्रसाद अर्यालले बताए । कोभिड १९ को महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुउथान हुदै गर्दा रुस र युक्रेन युद्धका कारण पुनः विश्व अर्थतन्त्र संकुचित हुन गइ विश्वको आर्थिक बृद्धिदर ३.६ प्रतिशतमा समित हुने प्रक्षेपण अन्तराष्ट्रिय मुद्राकोषले गरेको बिषय समेत सर्वेक्षणमा समेटिएको छ । त्यस्तै डलरको मुल्यमा भएको बढोत्तरी र आपुर्ति श्रृखलामा आएको परिवर्तनका कारण पेट्रेलियम पदार्थ र खाद्यबस्तुमा भएको मुल्यबृद्धिले विश्वका कम आय भएका मुलुकमा थप सृजना भएको छ भने विश्व अर्थतन्त्र पुनः संकटतर्फ उन्मुख हुने सर्वेक्षणले शंकेत गरेको छ । सर्वेक्षणमामा गण्डकीमा करिव ०.५ प्रतिशत (२ हजार ८ सय ८४ घरधुरीमा) विद्युत पु¥याउन बा“की छ । हालै सार्वजानिक गरिएको उक्त प्रतिवेदनमा ५ लाख ७७ हजार ६ सय ८२ घरधुरीमध्ये ९९.५ प्रतिशत अर्थात ५ लाख ७४ हजार ७ सय ९८ घरधुरीमा विद्युत्त जडान भएको देखिन्छ । प्रदेश सरकार स्थापनाको करिब सा“ढे ४ बर्षमा १३.४८ प्रतिशत घर धुरीमा बिद्युत पहुँच पु¥याएको सर्वेक्षणमा उल्लेख छ ।
नेपालको श्रमशक्ति सर्वेक्षण, २०७५ का अनुसार गण्डकीमा १८ लाख ६८ हजार काम गर्ने उमेर समुहका जनसङख्या रहेको छ । जसमध्ये पुरुष ७ लाख ७० हजार र महिला १० हजार ९८ हजार रहेका छन् । प्रदेशमा बेरोजगार दर ९ प्रतिशत रहेको छ भने श्रम सहभागिता दर ३५.७ प्रतिशत रहेको छ । आधारभूत खानेपानीमा पहु“च पुगेको जनसङख्या ९३.७५ प्रतिशत रहेको छ भने ४ सय २२ वठा सम्पन्न योजनाबाट ९३ हजार ८ सय १८ घर धुरीमा निजी धारा जडान भई ४ लाख ७१ हजार ६ सय ८२ जनसङख्या लाभान्वित भएको तथ्याङकमा उल्लेख छ । आर्थिक बर्ष २०७८÷७९ को चैत मसान्तसम्म प्रदेशका ११ जिल्लामा १ खर्ब २८ अर्ब ९३ करोड निक्षेप संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो वेवसाइडमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उक्त तथ्याङक उल्लेख गरिएको हो । कास्कीमा ५०.५७ प्रतिशत निक्षेप संकलन हुने गरेको छ भने सबैभन्दा कम मनाङमा भने ०.३१ प्रतिशत मात्र निक्षेप भएको छ ।
विभिन्न बैंक तथा वित्तिय संस्थाबाट २०७८ पुष मसान्तसम्ममा प्रदेशभरी ३ खर्ब ५० अर्ब ७४ करोड कर्जा लगानी भएको छ । उपभोग्य कर्जा सबैभन्दा धेरै २७.६ प्रतिशत, थोक बिक्रेता शीर्षकमा १७.९ प्रतिशत, कृषि तथा वनतर्फ ८.३ प्रतिशत, निर्माण क्षेत्रमा ८ प्रतिशत, पर्यटन क्षेत्रमा ५.८ प्रतिशत कर्जा लगानी भएको छ । गण्डकी प्रदेशका सबै पालिकामा बैंकको पहुँच पुगेको मन्त्रालयले जनाएको छ । ११ जिल्लामा २०७८ चैत मसान्तरसम्म क, ख र ग बर्ग गरी ८ सय १८ वटा बैंकका शाखा संचालनमा आएका छन् । क बर्गका ५ सय ९६, ख बर्गका १ सय ८७ र ग बर्गका ३५ वटा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशको प्रति शाखा औसतमा जनङख्या ३ हजार ३१ जना तर नेपालको प्रति शाखा ४ हजार ६ सय ३२ जना रहेको छ । अर्थमन्त्री बरालले आर्थिक सर्वेक्षणको नतिजाबाट पनि सरकारलाई आगामी दिनमा अगाढि बढ्न मद्दत पुग्ने बताए । ‘यसबाट हामी जनताका समस्या पहिचान गर्न सक्छौ’ उनले थपे, ‘समाधानको लागि पनि मद्दत पुग्छ । विना तथ्यांक बोल्नु भन्दा फिल्डमा यर्थाथ के छ भनेर अध्ययन गरेका थियौ ।’
