रामेछाप नगरपालिकाका योजना अनुगमन

Share this post :

Facebook
Twitter
WhatsApp

रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका अन्तगर्त कार्यान्वयन हुने याेजनाकाे अनुगमन गरिएकाे छ । चालु आर्थिक वर्ष २०७९-८० को लागि प्रदेश सरकारबाट बजेट परेका विभिन्न योजना कार्यान्वयनको लागि डीपीआर थालिने भएको हाे ।
विहीवार बाग्मती प्रदेशका सचिवद्धय अशोक शाह र यमलाल भुषालले योजना कार्यान्वयन हुने ठाउँको अनुगमन गरेका छन् । शाह भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव हुन, भने भुषाल मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयमा सचिव हुन् । सचिवद्धयले रामेछाप नगरपालिका वडा नम्बर ८ मा निर्माण तथा मर्मत हुने याेजनाकाे अनुगमन गर्दै आवश्यक प्रक्रिया पुरा गरि तत्काल निर्माण कार्य शुरु गरिने बताए ।
सचिव शाहले पहिलोपटक रामेछापमा पाइला टेकेको बताउँदै समस्या भएका ठाउँमा योजना राख्न पाएकोप्रति खुशी व्यक्त गरे । समयमै काम सकेर बजेट फ्रिज नगर्न पनि शाहले सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् भने, सहयाेगकाे लागि स्थानीयलाई आग्रह गरेका छन् ।

‘म यहाँ पहिलोपटक आउँदा पनि निकै खुशी छु’ उनले भने, ‘रामेछापको नाम सुनेपनि आउने अवसर जुरेकाे थिएन । सन्देश घिमिरेजीसँग मेरो पुरानो मित्रता । उहाँले हाम्रो ठाउँमा निकै समस्या छ, केही योजना सम्बोधन गर्नुपर्यो भन्नुभयो । होइन भने, म यहाँ नआएको यहाँको समस्या थाहा नपाएको व्यक्तिले योजना राख्ने कुरै भएन् । जिल्लाका समस्या अनुसार योजनाको माग यहाँका सांसदले नै गर्ने भएकाले सोही अनुसार बजेट राखिन्छ ।’

घिमिरे पेशाले संघिय राजधानी काठमाडौं भए पनि उनले आफ्नै गाउँमा विकास गर्ने उदेश्यले गाउँको आवश्यकता अनुसार योजनालाई पहल गरेका थिए । प्राविधिकसहितकाे अनुगमन टाेलीले वडा नम्बर ८ मा रहेकाे छत्रेपोखरी–फुर्सेमाटा–चनौटे–देवीथान–टुनीवोटे सडक र सामुदायिक भवन पिप्लाटारकाे अनुगमन गरे ।

साेही क्रममा सचिव भुषालले मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयकाे काम समन्वय गर्ने भएकाले समस्या तथा विकासका याेजना लिएर अाउन अाग्रह गरे । ‘बाहिर हेर्दा राम्रो देखिएपनि यर्थाथमा यहाँका जनताको समस्या जहाँकोत्यहि छ’ घिमिरे भन्छन, ‘जनताको दुःखमा मलम लगाउन खोजेका छाै ।’ यस्तै, रामेछाप-८ का वडाध्यक्ष सन्ताेष तामाङले रामेछाप नगरपालिकाकाे केन्द्रसमेत रहेकाे याे वडा पूर्वाधारका हिसावले पछि परेकाे बताए । रामेछाप नगरपालिका जाेड्ने वैकल्पिक सडककाे रूपमा रहेकाे साेलमारीदेखि धारापानी सडकलाई कालाेपत्रे गरिदिन अाग्रह गरेका छन् । यससँगै अाेझेलमा परेकाे तिल्केथानगडी, डुकुरसिंह डाँडा लगायतकाे क्षेत्रलाई पर्यटकीय हिसावमा विकास गरिदिन पनि उनले अाग्रह गरेका थिए । अनुगमनमा अाएकाे सचिवसहितकाे टाेलीलाई वावियाँखर्क अाहालेमा स्थानीयले फूलमालाले स्वागत गरेका थिए । स्थानीय घिमिरेले रामेछाप नपा भरिनै खानेपानीकाे चरम अभाव रहेकाले यसतर्फ ध्यान दिन पनि सचिवहरूलाई अनुराेध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *