गल्याङका किसानले भित्राए दुध विक्रीबाट ४ करोड

Share this post :

Facebook
Twitter
WhatsApp

गत आर्थिक वर्षमा स्याङ्जाको गल्याङ नगरपालिकामा दुध उत्पादन र विक्रीबाट किसानले ४ करोड ५ लाख ९५ हजार ३ सय ८० रुपैयाँ आम्दानी गरेका छन् । यसरी, दुध उत्पादन गरि आम्दानी गर्ने किसानलाई नपाले प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएको थियो । जसवापत् नपाबाट दुग्ध किसानले ८६ लाख ९९ हजार रुपैयाँ अनुदान प्राप्त गरे ।
दैनिक सरदर १ हजार ५ सय ८८ लिटर दुध किसानले संकलन गर्दै आएको नपाले जनाएको छ । ३ सय ६५ दिनमा किसानले न्युनतम ८ सय ७७ लिटरदेखी अधिकतम ३ हजार ३ सय ४६ लिटर दुध उत्पादन गरेको नपाका पशु शाखा प्रमुख सुशील अर्याले बताए । उनका अनुसार वर्षभरी ५ लाख ७९ हजार ९ सय ३४ लिटर उत्पादन भएको थियो ।
नगरपालिकाभित्र उत्पादन हुने दुध स्थानीय बजारमा नै खपत हुने गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराई बताउँछन् । नपाले उपलब्ध गराएको तथ्यांक अनुसार ४७ हजार ७ सय ५० लिटर दुध स्थानीय बजारमै खपत हुने गरेको छ भने, जिल्ला बाहिर बुटवल दुध विकास संस्थान र पोखरा सुजल डेरीमा मात्रै ५ लाख ३२ हजार १ सय ८४ लिटर दुध विक्री भएको छ । दुध उत्पादनबाट एक हजार ३३ जना दुग्ध किसानले प्रत्यक्ष रोजगारी पाएका छन । जसमा ३ सय ६७ महिला छन् । नपाभित्र १८ वटा विभिन्न फर्म तथा सहकारीमार्फत दुध संकलन हुने गरेको नगरप्रमुख भट्टराईले बताए ।
नपाले पशुपालन गर्ने व्यवसायीक किसानको लागि व्याजमा ४ प्रतिशत अनुदान उपलब्ध गराउने गरेको छ । यस्तै, निःशुल्क पशु विमा, विभिन्न जातको घाँसका विउ वितरण गर्नुका साथै पशुमा लाग्ने महामारी रोगको नियन्त्रणका लागि निशुल्क खोपको व्यवस्था मिलाए छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *