विश्व बैंक र जापानको अनुदान स्वीकार गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले विश्व बैंक र जापानबाट प्राप्त अनुदान स्वीकार गर्ने भएको छ । विश्व बंैकबाट प्राप्त हुने १२ अर्ब ७० करोड ऋण र जापान सरकारले २२ सय ५६ मिलियन जापानी येन अनुदान दिने भएको छ ।
साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने १ सय मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो । त्यसैगरी पूर्वी तराईको सिँचाइ प्रणाली पुनर्स्थापनाका लागि जापानले अनुदान दिने भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजानिक गर्दै उनले सहुलियतपूर्ण ऋण भएको जानकारी दिए । कार्कीकाअनुसार २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ बराबरको सो अनुदान सहायत स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *