गण्डकीका तीन हजार घरधुरीमा अझै बत्ति पुगे छैन्

Share this post :

Facebook
Twitter
WhatsApp

२०७४ साल फागुन ४ मा पहिलोपटक बसेको मन्त्रिपरिषद्को वैठकमा गण्डकी प्रदेश सरकारले एउटा महत्वपूर्ण निर्णय गरेको थियो, ‘दुई वर्षभित्र गण्डकी प्रदेशलाई ‘उज्यालो प्रदेश घोषण’ गर्ने ।’ यो नै सरकारको पहिलो र महत्वपूर्ण निर्णय थियो । उक्त कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले अगाडि बढाएको थियो । प्रदेश सरकारको कार्यकाल असोज १ मा सकिदैछ । कार्यकाल सकिनै लाग्दा पनि उक्त निर्णयले सार्थकता पाउन सकेन् । सरकारले महत्व दिएका अधिकाशं अधुरा योजनामध्ये एउटा यो पनि हो ।
गण्डकी प्रदेशका अझै पनि २ हजार ८ सय ८४ घरधुरीमा विद्युत सेवा पुगेको छैन् । गण्डकीको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको तथ्यांक अनुसार ५ लाख ७४ हजार ७ सय ९८ घरधुरीमा विद्युत सेवा पुगेको छ । नवीकरणीय उर्जा मार्फत ६.५ प्रतिशत र राष्ट्रिय विद्युत प्रशारण लाइन मार्फत ९३ प्रतिगत गरि ९९.५० प्रतिशत घरमा विजुली पुगेको मन्त्रालयका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिए । राष्ट्रिय प्रशारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका मुस्ताङ, मनाङ, मुस्ताङ र गोरखाका ७ स्थानीय तहका १२ सय ५ घरधुरीमा सोलार बत्ति जडान गरिएको छ । ‘प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य उर्जा प्रविधि जडान गरि सोलार बत्ति बलिसकेको छ’ उनले भने । मन्त्रालयले पोखरा महानगर–२७ र गण्डकी गापा–८ मा ८ थान सौर्य सडक बत्ति जडान गरेको जनाएको छ ।
मन्त्रालयको संस्थागत सोलार जडान कार्यक्रम अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ४१ किलोवाट र भौतिक पूर्वाधार मन्त्रालयमा २९ किलोवाट र विभिन्न जिल्लामा ९२ किलोवाट गरि कुल १६२ किलोवाट पिक क्षमताको संस्थागत सौर्य उर्जा प्रविधि जडान गरिएको उर्जा शाखाका इन्जिनियर दामोदर तिवारीले बताए । उनका अनुसार सौर्य उर्जा प्रविधि जडानको काम हाम्रै मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाई विकास सव–डिभिजन कार्यालय मनाङ, मुस्ताङ तथा अन्य क्षेत्र स्वास्थ्य चौकी, विद्यालय र यातायात व्यवस्था कार्यालय पोखरामा ९२ किलोवाट क्षमताको जडान गरिएको छ । ‘उज्यालो प्रदेश घोषण’ गर्ने अभियानले धमाधम काम गरेका छौ’ इन्जिनियर तिवारी भन्छन, ‘दुई वर्षभित्र सक्ने कार्यक्रम हो । तर, सकिएन । चालु आर्थिक वर्षमा घोषण गर्ने गरि तयारीमा जुटेका छौ ।’ उनले कतिपय बाढी–पहिरोका कारण बत्तिमा क्षति पुगेका ठाउँमा समेत मर्मत कार्य तीव्र पारिएको बताए ।
यस्तै, उज्यालो प्रदेश घोषण कार्यक्रमलाई सहयोग पुग्ने गरि मन्त्रालयले साना तथा लुघ जलविद्युत आयोजनालाई पनि प्राथमिकता दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म मन्त्रालयले ९० वटा लघु जलविद्युत आयोजनाको मर्मत गरेको छ । जसबाट ३ हजार २ सय ९५ किलोवाट विद्युत उत्पादन भएको छ भने, १५ हजार ४ सय ४० घरधुरी प्रत्यक्षरुपमा लाभान्वित बनेका छन् । स्याङ्जाको ९८ किलोवाट क्षमताको पुतपुते खोला दोस्रो लघु जलविद्युत आयोजनाको ग्रिड कनेक्सन कार्य सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमासमेत जोडिएको छ । सूचना अधिकारी अधिकारीका अनुसार मन्त्रालयले मर्मत गरेका आयोजनामध्ये राष्ट्रिय लाइनमा जोडिएको एउटै योजना पुतपुत हो । उनले कतिपय लघु आयोजना राष्ट्रिय लाइनमा जोड्ने तयारी भएको बताए । यसको लागि ३० किलोवाट भन्दा बढी विजुली उत्पादन गर्ने क्षमता हुनुपर्छ । सरकारले मनाङको नासो गापामा ३० किलोवाट क्षमताको भिमताङ लघु जलविद्युत आयोजनालाई पनि यसैवर्ष सम्पन्न गर्ने गरि प्राथमिकता दिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार गण्डकीमा सवैभन्दा बढी लघु आयोजना बाग्लुङमा छन् । बाग्लुङका अधिकांश योजना राष्ट्रिय प्रशारण लाइनमा जोड्न सकिने इन्जिनियर तिवारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *