सेयर शजारको परिसूचक नेप्से ११.१२ अंकले बृद्धि भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । विहीवार १ अर्व ३२ करोड भएको हो । एक साताको कारोबारमा विहीवार अन्तिम दिन सो अंकले बृद्धि भएको हो । नेप्से १९६१ अंकमा कायम भई कारोबार रकम बृद्धि भएको छ ।
कारोबार रकमका आधारमा नबिल बैंक, एनसीसी बैंक (संस्थापक), हिमाल दोलखा हाइड्रो, हिमालयन डिस्टिलरी र नेस्डो लघुवित्त क्रमशः अगाडि बढेका छन् । बैंकिङ १३, विकास बैंक ९, फाइनान्स ०.७, जलविद्युत् ७, जीवन बीमा ११६, उत्पादन २३, माइक्रोफाइनान्स १०, अन्य ४ र ब्यापार उपसमूह १६ अंकले बृद्धि भएको छ । यसैगरी, निर्जीवन बीमा १५ र होटल तथा पर्यटन उपसमूह ४ अंक घटेका छन् । धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ भने, स्वेतगंगाको ९.२ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ५ प्रतिशत बृद्धि भएको छ ।
Post Views: 22