म्याग्दीमा अर्ग्यानिक कृषि उत्पादन अभियान

Share this post :

Facebook
Twitter
WhatsApp

म्याग्दीका स्थानीय तहले अर्ग्यानिक खेतीमा जोड दिएका छन् । रासायनिक मलको बढ्दो प्रयोगले खेतबारीको माटोमा अम्लीयपना बढ्दै जाँदा उत्पादन घट्न थालेपछि यहाँका किसानले प्राङ्गारिक मल र रैथाने बिउबिजनको प्रयोगमा जोड दिन थालेका हुन् ।
किसानको यो अभियानलाई यहाँका स्थानीय तहले पनि सघाउने भएका छन् । जिल्लाको मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरी फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहित र पुरस्कृत गर्ने गरेको छ । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेका बेला मङ्गलाले अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका बनाउन पहल गरिएको हो ।
गाउँपालिका र स्थानीय किसानको संयुक्त पहलमा मङ्गलालाई अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका बनाउन अभियान सुरु गरेपछि किसान पनि उत्साहित भएका कृषि प्राविधिक जगत बानियाँले बताए । गाउँपालिकाले प्राङगारिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि बनाएर काम गरिरहेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बतााए ।
त्यसैगरी जिल्लाका अन्य पालिकामा पनि प्राङ्गारिक खेती प्रणालीतर्फ किसान आकर्षित हुन थालेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । यसलाई सहज गराउन कृषि ज्ञान केन्द्र म्याग्दीले पनि सहजीकरण गरिरहेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए । किसानले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाईभैँसीको मूत्र, मानव र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्दै आएका छन् । उनीहरुले तितेपाती, असुरो, खरानी, गाईभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोगकीरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने कामसमेत गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *