विहीवार सुनको मुल्य ह्रवात्तै बृद्धि भएको छ । सुन व्यवसायी महासंघका अनुसार आज अहिलेसम्मकै उच्च मूल्य भएको हो । सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको हो । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो । बुधबार भने सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँ कम भएको थियो । तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि भने गत वर्षको फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको हो । अन्तर्राष्ट्रिय मूल्य उतारचढाव अनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।
Post Views: 20