१५ सय मेगावाटसम्म पीपीए खुलाउने निर्णय

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल विद्युत् प्राधिकरणले १५ सय मेगावाटसम्मको विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनामा थप १५ सय मेगावाटसम्म पीपीए खुलाउने निर्णय भएको हो ।
उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ग्रीड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर प्रकृतिका आयोजनामा १५ सय मेगावाटसम्मको पीपीए गर्ने निर्णय गरेको हो । आरओआर आयोजनाका लागि ३ वर्षदेखि पीपीए बन्द गरिएको थियो ।
९३० औं वैठकले
आयोजनाको विद्युत् ुटेक अर पेु सिद्धान्तका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आयोजनाहरुको विद्युत् सुक्खायाम (मंसिर १६ देखि जेठ १५ सम्म) र वर्षायाम (जेठ १६ देखि मंसिर १५ सम्म) का लागि हाल कायम रहेको दर क्रमश? प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसामा खरिद हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *