१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका–६ निवासी २८ वर्षीय सन्दिप बिक पक्राउ परेका छन् । उनलाई जेठ २ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।
प्रहरीका अनुसार घटना जेठ १ गते राति करिब ११ बजेकाे हाे । पक्राउ परेका बिकमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा जिल्ला अदालत स्याङ्जामा मुद्वा दर्ता गरी पाँच दिन म्याद थप गरिएकाे जिल्ला प्रहरी प्रमुख दधिराम न्याैपानेले बताए । एसपी न्याैपानेले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
स्याङ्जामा १२ वर्षीया बालिका बलात्कारकाे आरोपमा एक पक्राउ