समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिवशिखर सहकारीका ५७ जना, कान्तिपुर सहकारीका ५२ जना, ओरियन्टल को–अपरेटिभका ८ जना, तुलसी बहुमुखी सहकारीका ९ जना र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।
सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुल गरिएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। ऋण असुलीबाट प्राप्त रकमलाई प्राथमिकताका आधारमा साना बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग गरिएको जनाइएको छ।
समितिले समस्याग्रस्त सहकारीका ऋणीबाट रकम असुल गर्ने तथा सोही रकमबाट बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

Leave a Reply