समाचार

बीमा दाबीको क्षति मूल्याङ्कनमा अब स्वचालित रूपमा सर्भेयर खटाइने

सरकारले बीमा दाबीअन्तर्गत हुने क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ।

एकै पटक आठ सय कर्मचारीको सरुवा

सरकारले बीमा दाबीअन्तर्गत हुने क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सुशासनमा आधारित बनाउन उक्त प्रणाली विकास गरिएको हो ।

हाल सबै सर्भेयरको तथ्यांक प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा उपयुक्त सर्भेयर छनोट गर्नेछ ।

तोकिएका मापदण्डका आधारमा प्रणालीले स्वचालित रूपमा सर्भेयर छनोट गर्ने भएकाले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरले पर्याप्त अवसर नपाउने अवस्थालाई पहिचान तथा नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रणालीमार्फत सर्भेयरले हालसम्म कति काम पाएको, कुन–कुन काम सम्पन्न गरेको र नयाँ काम लिन सक्ने अवस्थामा छ वा छैन भन्ने विवरणसमेत ट्रयाक गर्न सकिनेछ । यसले बीमा दाबीको क्षति मूल्याङ्कन प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउँदै समय तथा लागत घटाउनसमेत सहयोग गर्नेछ ।

सम्बन्धित समाचार