समाचार

विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवलाई मुलुकको विकास तथा नीति निर्माणमा अधिकतम उपयोग गर्न आग्रह गरेका छन् ।

जेन्जी सांसदलाई प्रधानमन्त्रीको आग्रह– ‘आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ’

प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवलाई मुलुकको विकास तथा नीति निर्माणमा अधिकतम उपयोग गर्न आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

“तपाईंहरु आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” प्रधानमन्त्री शाहले भने।

उनले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए । निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि आ–आफ्नो प्राविधिक क्षेत्रमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री शाहले सांसदहरुलाई ‘असाधारण’ व्यक्तिको संज्ञा दिँदै त्यस्ता व्यक्तिले सधैँ नयाँ उपाय र विचार ल्याएर त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । नयाँ सोच र विज्ञताको प्रभावकारी प्रयोग गर्न सके पाँच वर्षमै मुलुकलाई विकासको नयाँ चरणमा पुर्‍याउन सकिने धारणा पनि उनले राखेका थिए ।

सम्बन्धित समाचार