अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको छ ।
उनीहरूविरुद्ध मोरङको रिजाल एन्ड कम्पनीको नाममा ६० बिघा जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोप छ ।
उनीहरूसहित ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा पेस भएको र अध्ययनकै क्रममा रहेको विशेष अदालतका रजिष्ट्रार बेदराज उप्रेतीले जानकारी दिए ।





