पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को उच्च स्रोतकाे जानकारीअनुसार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो। यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको भन्नेबारे सीआईबीले औपचारिक रूपमा खुलाएको छैन् । सीआईबी स्रोतले अर्याल नियन्त्रणमा आइसकेको पुष्टि गर्दै चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।
‘उहाँ (अर्याल) हाम्रो नियन्त्रणमा आइसक्नुभएको छ। हामी चाँडै सार्वजनिक गर्छौँ,’ सीआईबी स्रोतले भन्यो ।
मलेसिया श्रमिक प्रकरणमा अनुसन्धान अघि बढाउने क्रममा यसअघि दुई पूर्व श्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन् । झण्डै दुई अर्ब रुपैयाँ हिनामिना भएको भनिएको उक्त प्रकरणमा तत्कालीन मुख्यसचिव अर्यालको समेत संलग्नता देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो।
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि अर्याल नेपालबाहिर पुगेका थिए। उनी भारतको कोलकाता पुगेको बुझिएको छ। भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताइएको छ।
सीआईबी स्रोतका अनुसार अर्याललाई आजै नेपाल ल्याउने तयारी भइरहेको छ। यद्यपि, उनको पक्राउ, स्थानान्तरण र अनुसन्धानका विषयमा प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ । नेपालसेजबाट
मलेसिया श्रमिक प्रकरण : पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को उच्च स्रोतकाे जानकारीअनुसार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो।




