समाचार

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक स्वागत

भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रूपमा स्वागत गरेका छन्।

सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउस परिसरमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई हार्दिक स्वागत गरेका हुन्। द्विपक्षीय औपचारिक वार्ताअघि दुवै देशका प्रधानमन्त्रीबीच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदानप्रदान भएको थियो।

स्वागत कार्यक्रमलगत्तै नेपाल र भारतका प्रधानमन्त्रीबीच औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ। वार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार