Category: प्रदेश

  • आर्थिक विकासमा प्रत्यक्ष लगानी ५ प्रतिशत मात्र

    आर्थिक विकासमा प्रत्यक्ष लगानी ५ प्रतिशत मात्र

    अार्थिक क्षेत्रमा अप्रत्यक्ष रूपमा लगानी गरिएकाे भए पनि प्रत्यक्षरूपमा लगानी गर्ने ५.२२ प्रतिशत रहेकाे छ । स्थानीय तहमा अार्थिक विकासकाे विषयमा पाेखरामा गरिएकाे छलफलमा साे कुरा बताईएकाे छ । स्थानीय तहमा अार्थिक विकासकाे विषयमा मंगलबार पाेखरामा प्रदेशस्तरीय छलफल गरिएकाे थियाे ।

    अर्थ विज्ञ माेहनदास मान्नधरले प्रदेशकाे अार्थिक विकास सरकारले गर्ने, नीजि क्षेत्र या अन्य साझेदारी संस्थाले गर्ने भन्ने विषयमा कसरी सहयाेग गर्न सकिन्छ भनेर छलफल चलाईएकाे बताए ।

    संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे स्राेत परिचालन समन्वय शाखाका राजकुमार बाेहराले अार्थिक अवस्थाबारे सूचांककाे कार्यपत्र प्रस्तुत गरेका छन् । स्थानीय सरकारकाे ५ वर्ष पूर्वाधार निर्माणमा नै खर्च भएकाे बताउँदै उनले अब दिनमा कृषि र अर्थतन्त्रमा जाेड दिनुपर्ने बताए । उनले सरकारका महत्वकांक्षी याेजना भएकाले कार्यान्वयनमा समस्या रहेकाे बताए ।

  • २१ वर्षिय युवा जसले एटीएम फोरे

    २१ वर्षिय युवा जसले एटीएम फोरे

    अनिश तामाङ उमेरले २१ वर्ष पुगे । तर, उनी कक्षा नौ मा अध्ययनरत विद्यार्थी हुन् । आइटीमा राम्रै ज्ञान भएको व्यक्तिभित्र पर्छन् भन्दा या सुन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । प्रहरीको अनुसन्धानले उनलाई आइटीमा दख्खल राख्ने व्यक्तिको रुपमा परिचित गराएको छ । कास्की प्रहरी प्रमुख अजय केसीका अनुसार तामाङ आइटीमा रुची राख्ने व्यक्ति हुन् ।
    ‘उमेर बढी भए पनि अहिले उनी नौ कक्षामा पढ्दै छन्’ उनले भने, ‘आइटी सम्बन्धि ज्ञान रहेछ । गुगल र युट्युवले पनि धेरै कुरा सिकाएको छ ।’ तामाङ चोरीका अभियुक्त हुन् । प्रहरीले एटीएम मेसिन फुटालेर रकम चोरेको आरोपमा पक्राउ गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीसँग भेटघाट गर्दै अभियुक्त तामाङलाई सार्वजानिक गरिएको छ । गत साउन ३ गते राती २ बजेको कुरा हो, कास्की प्रहरीलाई पोखरा महानगर–२७ तालचोकमा रहेको एनआईसी एशिया वैंकको मेसिन फोर्ने प्रयास भएको भन्ने सूचना वैंकको प्रधान कार्यालयबाट प्राप्त भयो । प्रहरी तत्काल एटीएम मेसिन भएको ठाउँ पुगे । तर, त्यहाँ कोही, केही भेटाएनन् ।
    प्रहरीले मेसिन फोर्ने प्रयास भएको पत्ता लगायो । सिसि क्यामेराबाट हुलियाको आधारमा संकित व्यक्तिको खोजतलास भयो । राती ३ बजेर १५ मिनेट जादाँ ग १० प २९६३ नम्बरको बुलेट मोटरसाइकल र हेल्मेट कोलेफा“टमा भेटियो । त्यस्तै, विहान ६ बजे एनएमबी बैंक केन्द्रीय कार्यालयले पोखरा–३० अर्घौचोकमा रहेको एटीएम बुथमा रहेको मेसिन फोरी चोरी भएको सूचना प्राप्त भयो । प्रहरी त्यहाँ पुग्दा मेसिन फोरिएको र दुई वटा क्यासकेटसहित नगद चोरी भएको देखियो । खोजतलास गर्ने क्रममा दुई वटा क्यासकेट फोरिएको अवस्थामा विचारी चौतारमा फेला पर्यो । प्रहरीले दुवै घटनास्थल फिङगर प्रिन्ट र सीसीटीभी फुटेज संकलन गरि मुचुल्का उठायो । दुवै एटीएम बुथमा एउटै हुलिया भएको व्यक्ति हो भन्ने पत्ता लाग्यो । एसपी केसीले भने, ‘त्यसपछि हामी गम्भिर भयौ । प्रदेश प्रहरी, केन्द्रीय कार्यालयमा खवर गरी अनुसन्धान टोली गठन गरि थप अनुसन्धान अघि बढायौ ।’
    बुलेट मोटरसाइकल चोरीको लागि प्रयोग भएको खुल्न आएपछि मोटरसाइकल धनी खोजतलास गर्दा तालचोकका विजय गौतम रहेको र उनलाई सोधपुछ गर्दा सोही दिन राती मोटरसाइकल चोरी भएको बताए । एटीएम मेसिन भेन्डरको प्रतिवेदनमा एनएमबी बैंकको एटीएम मेसिनको चावी पूर्णरुपमा बन्द नगरेको देखिएको प्रहरीले जनायो । ‘बीमा गरेको हुन्छ सुरक्षाको विषयमा वैंक सिरियस देखिदैनन्’ एसपी केसीले भने, ‘प्रहरी प्रधान कार्यालयबाट सुरक्षाको लागि देशभरी परिपत्र गरिएको छ ।’ पक्राउ परेका पोखरा–३० डुँडाको मुख बस्ने तामाङको साथबाट दुई वटा मोवाइल १९ हजार नगद र कपडा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाइक पनि खरिद गरेको रहेछ । प्रहरीले नेपाल भारत सिमाना नजिक रुपन्देहीको बेलहियाबाट भर्दौ २ गते पक्राउ गरेको हो । इण्डीया भाग्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपुरको देवचुली नपा घर भएका तामाङले शिसुवास्थित माझापसल ट्रेडर्स (हार्डवयर पसल) मा काम गर्दै आएका थिए । सोही ठाउँको लक्ष्मी आर्दश माविमा अध्ययन गर्ने तामाङ पहिलोपटकमा एटीएम मेसिन फुटाल्दा १४ लाख ७१ हजार ५ सय रुपैयाँ निकाल्न सफल भए । तर, उनको दोस्रो प्रयास भने असफल भयो । आरोपित भन्छन, ‘मेसिनभित्र पसेपछि प्रयास गरेको सजिलै निकाल्न सके । तर, अर्को एटीएममा दुवै चावी लगाइएको रहेछ, निस्किएन ।’ अर्घौचोकबाट एनएमबीको पैसा राख्ने कालो एउटा बक्स, शिसुवाबाट चोरी गर्न जानुपूर्व लगाएको सिल्भर रंगको एउटा हेल्मेट, कोलफाँटबाट मोसा र मेसिनभित्र जादा“ लगाएको एउटा हेल्मेट, डोडामुखबाट एउटा कालो सर्ट, सेतो लेश भएको एक जोर कन्भर्स जुत्ता र कालो ट्रयाक प्रहरीले भेटाएको छ ।
    तामाङलाई चोरी तथा डाँका सम्बन्धि कसूरमा आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरि ७ दिनको म्याद गरिएको छ । चोरिएको रकम कहाँ लग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए । ‘संलग्न को थिए ? पत्ता लगाउदै छौ’ उनले भने । आरोपीतले सोही रात घरमा र बाहिर दुई पटकसम्म खाना खाएको हुदाँ प्रहरीले घरपरिवारका सदस्यलाई पनि संकाको घेरामा लिएको छ । ‘तामाङ ठूलो चोर त होइन तर, राम्रो लगाउ र मिठो खाँउ भन्ने सोखिन रहेछ’ एसपीले पुनः थपे, ‘खत्रयाङखुत्रुङ किनेको देख्दा रुची अनुसार अपुग भएर चोरी गरेको हो की ?’ प्रहरीले अन्य सतकर्ता अपनाउन सवै वैंक तथा वित्तिय संस्थाका प्रदेश र शाखा प्रमुखलाई बोलाएर सुरक्षा सावधानीको लागि निर्देशन गरेको जनाएको छ ।

  • क्याम्पसलाई स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन मन्त्री बरालको सुझाव

    क्याम्पसलाई स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन मन्त्री बरालको सुझाव

    गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखराको जनप्रिय बहुमुखी क्याम्पसलाई स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाएका छन् । नवनियुक्त क्याम्पस प्रमुख लोकराज भण्डारीलाई विहीवार एक समारोहकाबीच पदस्थापन गराउदै मन्त्री बरालले सो कुरा बताए ।
    विभिन्न क्याम्पसमध्ये सामुदायिक क्याम्पस जनप्रियलाई जनताको सर्वसुलभ गुणस्तरिय शिक्षाको केन्द्रको रुपमा नमुना क्याम्पस बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ । मावि तहको शिक्षाको स्वामित्व पनि प्रदेश सरकारलाई दिनुपर्ने तर्क उनले राखेका छन् । क्याम्पसको भौतिक पूर्वाधार निर्माण एवं गुणस्तरिय शिक्षामा सुधारको लागि पहल गर्ने मन्त्री बरालले बताए ।
    क्याम्पस प्रमुख भण्डारीले क्याम्पसको शैक्षिक गुणस्तरियताको लागि सबैसंग समन्वय गरी अघि बढ्ने बताए । नयाँ ढंगले अघि बढ्ने बताउँदै भण्डारीले विभिन्न योजना कार्यान्वयन गर्ने क्रममा भोको पेट नहुने गरी व्यबस्थापन गर्ने विश्वास दिलाए । क्याम्पसमा ५ हजार ५ सय बिद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा २०७४ सालदेखि पर्वतीय पर्यटन बिषयमा समेत पठनपाठन हुदै आएको छ ।

  • राष्ट्रपति विद्यादेवि भण्डारी पोखरामा

    राष्ट्रपति विद्यादेवि भण्डारी पोखरामा

    राष्ट्रपति विद्यादेवि भण्डारी पोखरा आएकी छन् । सोमबार विहान ११ बजे बुद्ध एयरमा उनी पोखरा आएकी हुन् । अहिले उनी पोखरा महानगरपालिका–१७ विरौटास्थित होटल ग्राण्डमा बसेकी छन् । मंगलबार हुने कार्यक्रमको लागि उनी अघिल्लै दिन पोखरा आएको सुरक्षा स्रोतले जनाएको छ ।
    राष्ट्रपतिले मंगलबार विन्ध्यावासिनी माध्यामिक विद्यालयको हिरक जयन्ती समापन तथा नवनिर्मित भवनको उद्घाटन र गुरुङ जातीको पर्व ट्होटेको सहभागी हुने कार्य सूची रहेको बताइएको छ । राष्ट्रपति भण्डारी सोमबार राजनीति भेटघाटमै व्यस्त रहने बताइएको छ ।
    राष्ट्रपति आएपछि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार साँझ मात्रै नागरिकता विधेयक प्रतिनिधिसभामा नै फिर्ता गरेको हुदाँ उनको विरुद्धमा प्रर्दशन हुन सक्ने आँकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुरक्ष निकायले जनाएको छ । नागरिकता विधेयकको तनाव कम गर्न पनि बस्ने गरि पोखरा आएको हुन सक्ने स्रोतले जनाएको छ ।

  • मृत अवस्थामा फेला

    स्याङ्जाको वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षिय पूर्णवहादुर न्यौपाने क्षेत्री मृत्त अवस्थामा भेटिएका छन् । वालिङ–१२ लामपात छोराको घरमा डिहेका न्यौपाने सम्पर्कविहीन भएपछि खोजतलास गर्दा शनिवार विहान लामपातेस्थित गोरेटो वाटोबाट ५० मिटर तल मृत्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

  • घाँस काट्ने क्रममा लडेर मृत्यु

    स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षिय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ । घरवाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिवार विहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

  • त्रिशूलीमा खस्यो ट्रक

    पृथ्वी राजमार्गअन्तर्गत त्रिशुली नदीमा ट्रक खसेर वेपक्ता भएको छ । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलामा शनिबार बिहान सवा ९ बजेतिर एउटा ट्रक त्रिशूली नदीमा खसेको हो ।
    नदीमा खसेको ट्रकको ढोकाको भाग र शिशाहरू नदी किनारमा छिरोलिएको चितवन जिल्ला प्रहरीले जनाएको छ । इँटाहरू पनि खसेको हुँदा ट्रकले इँटा बोकेको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रकमा कतिजना थिए भन्ने बारेमा पनि केही जानकारी नखुलेको प्रहरीले बतायो । ट्रकको थप विवरण भने खुलिसकेको छैन् ।

  • पोखरामा लागूऔषधसहित ८ जना पक्राउ

    पोखरामा लागूऔषधसहित ८ जना पक्राउ

    कास्कीका विभिन्न ठाउँबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अन्नपूर्ण गापा–९ घर भई हाल पोखरा–१४ चाउथे बस्ने वर्ष २१ को प्रमिस गुरुङ, म्याग्दी घर भई पोखरा–३ बस्ने २८ वर्षको दिपक पुन, २५ वर्षको प्रदिप फगामी र पर्वत मोदी गापा–४ घर भई हाल पोखरा–१८ बस्ने वर्ष ३० को लविन पुन रहेका छन् ।
    प्रमिसको साथबाट लागूऔषध ब्राउनसुगर (खैरो धूलो पदार्थ) ०.३५ ग्राम बरामद भएको छ भने, बाँकी ३ जनाको साथबाट लागूऔषध डाईजापाम २५ एम्पुल, फेनेरागन २६ एम्पुल र नुर्फिन २५ एम्पुल गरी जम्मा ७६ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी, पोखरा–३० पावरहाउसस्थित सवारी साधन चेकजाँज गर्दा तनहुँबाट पोखरातर्फ आउँद गरेको बसमा लुम्बिनी सांस्कृति नपा–२ का २० वर्षिय द्वारिका लोध, मायादेवी गापा–६ का १७ वर्षिय किशोर (नाम नखुलाइएको), पोखरा–११ रानीपौवाका २७ वर्षिय सन्दिप गुरुङ र पोखरा–११ काँहुडाँडाका २७ वर्षिय विश्व कार्की रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल र नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल बरामद गरेको छ । यी आठै जना बुधबार पक्राउ परेका हुन् । उनीहरुलाई विहीवार जिल्ला अदालत कास्कीमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरि ५/५ दिनको म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर केसीले जानकारी दिए ।

  • गण्डकी प्रदेशसभा वैठक : सूचनाको हक सम्बन्धि विधेयक पारित

    गण्डकी प्रदेशसभाको विहीवार बसेको वैठकले ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक’ पारित गरेको छ । २०७८ चैत २० मा प्रदेशसभा सचिवालयमा दर्ता भएको सूचनाको हक सम्बन्धी विधेयक २०७८ चैत २३ मा प्रदेशसभा वैठकमा कानून सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पेश गरेका थिए ।
    सार्वजनिक महत्वको सूचनामा नागरिकको पहुँचलाई सरल र सहज बनाउन ल्याइएको उक्त विधेयकले राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्वेदनशील सूचनाको संरक्षण र नागरिकको सुसूचित हुने हकलाई संरक्षण गर्ने मन्त्री थापाले बताए । कानुनमन्त्री थापाले विधेयक अन्य प्रदेशभन्दा उत्कृष्ट बनेको दाबी गरेका छन् । उनका अनुसार विज्ञहरुसँग व्यापार छलफल गरेर विधेयक पारित गरिएको हो । ‘केही सुझावहरु आएका छन् । आत्मसात् गर्दै अगाडि बढ्न सकिन्छ’ उनले भने ।
    दफावारको लागि २०७८ चैत २५ मा विधायन समितिमा पेश गरिएको उक्त विधेयक विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले विहीवारको वैठकमा प्रतिवेदनसहित विधेयक बुझाएका थिए । सभामुख नेत्रनाथ अधिकारीले वहुमतको आधारमा विधेयक पारित भएको बताए ।
    लामिछानेले प्रदेश नियमावली अनुसार विधेयक पारित भएको बताए । उनले विधिसम्मत रुपमा विधेयक पारित भएको हुँदा प्रतिपक्षबाटसमेत विरोध नभएको बताए । सांसद विनोद केसीले सूचनाको हक सम्बन्धि विधेयक प्रभावकारी भएको बताए । उनले विधेयक बनाएर मात्रै नहुने कार्यन्वयन पक्षमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । सांसद सरिता गुरुङले सोही विधेयक सुचनाको हकबाट जनतालाई वञ्चित गराउनु हुदै“न भन्ने उद्देश्य स्वरुप आएको बताइन् । विधेयक जनमुखी, सैद्धान्तिक, नीति सम्बद्ध रहेको भनाई उनको भनाई छ । सांसद साबित्रा रानाले विधेयकले कार्यन्वयनमा गए मात्र सार्थकता पाउने बताइन् ।
    सूचनाको हकको प्रचलन गराउन, सार्वजानिक सूचनामा सरोकारवालाको पहुँच पु¥याउन, सूचना र सूचनादाताको संरक्षण गर्न, सूचनाको वर्गीकरण गर्न, सूचना प्रवाहमा संलग्न सार्वजानिक निकाय, सार्वजानिक सेवा प्रदायक तथा अधिकारीलाई पारदर्शी र जवाफदेखी बनाउन साथै नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने उदेश्यका साथ विधेयक ल्याइएको मन्त्री थापाले बताएका छन् । विधेयकले ऐन अनुसार मात्रै सूचना प्रवाह हुने जनाएको छ ।

  • काँग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

    स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष ५५ वर्षिय बसन्त श्रेष्ठ मृत्त भेटिएका छन् । वालिङ–१३ गहाखोलास्थित गाहाखोलाबाट आँधीखोला जाने भित्री कच्ची सडक खण्डमा प्रहरीले सूचनाको आधारमा विहीवार विहान मृत्त फेला पारेको जनाएको छ । प्रहरीले ग १६ प ५४६१ नम्बरको स्कुटर पनि बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार स्टुटरसहित मान्छे दुर्घटना भएको खवर प्राप्त भएपछि प्रहरीको टोली पुगेको थियो । उनले स्कुटर बाटोमा छेउमा साइड लगाएर राखिएको र श्रेष्ठ कुनाको साइडमा उत्तानो अवस्थामा मृत्त भेटिएको बताए । ल्गमयलनामक सेतो रङको किटनासक बिषादीको खोलिएको डिब्बा स्कूटर नजिक भेटिएको हुदाँ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।