Category: प्रदेश

  • गुणस्तरिय काम गर्नुहोस सडक निर्माणमा आर्थिक अभाव हुदैन : मन्त्री बराल

    गुणस्तरिय काम गर्नुहोस सडक निर्माणमा आर्थिक अभाव हुदैन : मन्त्री बराल

    गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरा महानगरपालिका–२२ मा निर्माण हुन लागेको नेटा लुकुन्स्वाँरा–वडादेखि पुम्दीकोटसम्म पिच सडक निर्माणमा रकम अभाव नहुने बताएका छन् ।
    उक्त पिच सडकको बुधबार शिलन्यास गर्दै मन्त्री बरालले पुम्दीभुम्दीको रणनितीक महत्व रहेको उक्त बाटो निर्माणमा रकम अभाव नहुने बताए । उक्त सडक निर्माणको क्रममा सबैले मन खुलेर सहयोग गर्न आग्रह गर्दै मन्त्री बरालले समयमै र गुणस्तरिय सडक निर्माणमा जुट्न आग्रह गरे । सडक विस्तारको क्रममा जग्गा उपलब्ध गराउने बिषयमा जसले पहिला केही गुमाउछ प्रतिफल पहिला उसैले हात पार्ने मन्त्री बरालको भनाई थियो ।
    समयमै उक्त परियोजना सम्पन्न गर्न सबैको सकरात्मक भूमिका आवश्यक भएको मन्त्री बरालको भनाई थियो । पुम्दीकोट बिशाल महादेवको मुर्ति निर्माणले हाल पुम्दीभुम्दीको पहिचान भएको उल्लेख गर्दै मन्त्री बरालले अब पोखराको बजारदेखि पुम्दीकोटसम्मको पिच सडक निर्माणले पुम्दीभुम्दीको आर्थिक बिकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । पोखराको छोरोपाटन खाल्से हुदै कुभिन्डे सडक निर्माण प्रकृया समेत अघि बढेको बताउदै उनले पोखराको मुख्य बजारदेखि नजिक भएर पनि यस क्षेत्रको विकासमा रणनितीक महत्वका सडक निर्माण नहुँदा धेरै पछि परेको बताए ।
    धेरै कठिनायिका बाबजुत पनि सामुहिक प्रयत्नका कारण उक्त सडक निर्माण हुने अबस्थामा आएको हो । इतिहासलाई नर्बिसिन आग्रह गर्दै बरालले रणनितीक महत्वका कामको नेतृत्व लिने व्यक्ति जनताको मनमा सधै रहने दाबी गरे ।
    उक्त सडक निर्माणको क्रममा जग्गा दान गर्नेहरुलाई पोखरा–२२ वडा कार्यालयले एक समारोहकाबिच भव्य रुपमा सम्मान गर्ने भएको वडा अध्यक्ष हिमलाल बरालले बताउनु भयो । अर्थमन्त्री बरालकै बिषेश पहलमा उक्त सडक सहितपुम्दीभुम्दीका ठाँउमा सम्बोधन भएको अध्यक्ष बरालले बताए ।

  • देशको नेतृत्वमा केपी ओलीको विकल्प छैन– नेतृ सुन्दास

    देशको नेतृत्वमा केपी ओलीको विकल्प छैन– नेतृ सुन्दास

    नेकपा एमालेका केन्द्रिय सदस्य सिता सुन्दासले देशले फेरी पनि केपी ओलीको नेतृत्व चाहेको बताएकी छन् । नेकपा एमाले विरुवा गाउँपालिका कमिटिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले स्याङजा जिल्ला इन्चार्ज समेत रहेकी नेतृ सुन्दासले गठबन्धन दलले देशलाई नेतृत्व दिन असफल भएकोले पनि केपी ओलीको विकल्प नभएको बताईन् । विगतमा ओली नेतृत्वको सरकारले राष्ट्रियताको मुद्धामा र विकास निर्माणमा पहलकदमी लिएको दृष्टान्त दिदै उनले देश जोगाउन र देशलाई समृद्धिको दिशातर्फ लैजाने केपी ओली नै एकमात्र विकल्प भएको बताईन् ।
    सोही कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य सिमा क्षेत्रीले देशको अहिलेको संकटबाट निकास दिन सक्ने एकमात्र पार्टी एमाले भएको र अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने र यसको नेतृत्वमा केपी ओलीले गर्ने बताईन् । एमाले केन्द्रिय सल्लाहकार सचिवालय सदस्य टेकु नेपालीले विरुवा क्षेत्र कम्युनिष्टको गढ भएको र रहिरहने बताईन । एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मीले श्रमजिवी बर्ग र गरिब जनताको समस्या समाधान गर्न सक्ने एकमात्र पार्टी एमाले भएको दावी गरे । एमाले स्याङजा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरेले लेनिनवादी संगठनात्मक पद्धतिमा पार्टीलाई हिडाउनुपर्नेमा जोड दिएका थिए । एमाले प्रदेश कमिटि सचिवालय सदस्य मिनप्रसाद गुरुङले एमालेले स्थानीय निर्वाचनमा भएको कमी कमजोरीले सच्याएर अगाडि बढेमा पार्टीका पक्षमा नतिजा ल्याउन गाह्रो नभएको बताएका थिए ।
    कार्यक्रममा संघीय सांसद नारायाण मरासिनी, एमाले प्रदेश कमिटि सदस्य चुनप्रसाद श्रेष्ठ, एमाले विरुवा गाउँपालिका कमिटि इन्चार्ज सुर्य कुँवर लगायतले संघ र प्रदेश निर्वाचनमा एक ढिक्का भएर जनतामाझ पुग्न सदस्यहरुलाई निर्देशन दिएका छन् ।
    नेकपा एमाले विरुवा गाउँपालिका कमिटि अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको सचिव गोपाल कोइरालाको सञ्चालन र उपाध्यक्ष कल्याण कुमार पोखरेलको स्वागतमा सम्पन्न भएको थियो ।

  • लागूऔषधसहित ४ जना पक्राउ

    लागूऔषधसहित ४ जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय, कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा अन्नपूर्ण गापा–९ स्थायी घर भई हाल पोेखरा–१३ बस्ने ४४ वर्षिय सन्तोष भन्ने इन्द्रमान गुरुङ, पोखरा–१३ का ४० वर्षिय विकास गुरुङ, पोखरा–२० का३१ वर्षिय सावन विक र पोखरा–३० का ५३ वर्षिय कुमार गुरुङ रहेका छन् । सन्तोष र विकास शनिवार पक्राउ परेका हुन भने सावन र कुमार सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले विकासको साथबाट डाईजापाम ५३ एम्पुल, फेनेरागन ५३ एम्पुल र नुर्फिन ५३ एम्पुल गरी जम्मा १५९ एम्पुल बरामद गरेको छ । यस्तै, विकासको स्कुटरबाट डाईजापाम २५ एम्पुल, फेनेरागन २५ एम्पुल र नुर्फिन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल, सावनको साथबाट डाईजापाम १७ एम्पुल, फेनेरागन १७ एम्पुल र नुर्फिन १६ एम्पुल गरी जम्मा ५० एम्पुल,
    र कुमार गुरुङको साथबाट लागूऔषध डाईजापाम २८ एम्पुल, फेनेरागन ३० एम्पुल र नुर्फिन २८ एम्पुलगरी जम्मा ८६ एम्पुल लागूऔषधसहित फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई कास्की जिल्ला अदालतमा लागूऔषध सम्बन्धि मुद्धा दर्ता गरि ७ दिनको म्याद थप गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर केसीले जानकारी दिए ।

  • प्राङ्गारिक कृषि उपजको दिगो उत्पादनका लागि किसानलाई प्रबिधी हस्तान्तरण

    प्राङ्गारिक कृषि उपजको दिगो उत्पादनका लागि किसानलाई प्रबिधी हस्तान्तरण

    प्राङ्गारिक खेती प्रर्बधनका लागि कृषकलाई आज एक कार्यक्रम बीच उपयोगी कृषि सामग्री र बीउबिजनहरु लगायतका प्रबिधीहरु हस्तान्तरण गरिएको छ ।
    त्रिकोण डेनमार्कको साझेदारीमा आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल काभ्रे शाखाद्वारा सञ्चालित काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रम अन्तरगत काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ३ र ४ मा गठित प्राङ्गारिक कृषि उपज उत्पादनका लागि समुहमा आवद्द भएका मध्ये पहिलो चरणमा प्राङ्गारिक उन्मुख व्यवसायिक खेति गर्ने ३६ जना, प्राङ्गारिक करेशाबारी स्थापना गर्ने १६० र कृषि वन मोडलमा सहभागि हुने ९ जना कृषकहरुलाई उन्नत जातका हिउदे तरकारीका बीउबिजनहरु, प्लाष्टिक टनेल, स्वचालित स्प्रेयर, सिचाई पाइप, सिचांई पोखरीका लागि प्लाष्टिक, झोलमल वानस्पातिक बिषादी बनाउन ड्रम, क्रेट लगाएतका सामग्रीहरु प्रदान गरिएको हो ।
    प्रबिधी हस्तान्तरणको क्रममा बोल्दै प्रमुख अतिथि मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोकका टोक बहादुर वाइवाले माटोको उर्वराशक्तिलाई जोगाइराख्न, आफ्नो स्वस्थ जीवनयापनका साथै भावी सन्ततिको रक्षाका लागि रासायनिक मल र बिषादी रहित खेती गर्नुको बिकल्प नरहेको बताउदै आस्क नेपालले दिएको प्राबिधीक ज्ञानका आधारमा कृषकले प्राङ्गारिक कृषि बाली उत्पादनमा अग्रसर हुनुपर्ने बेला आएको बताए ।
    यस्तै प्रबिधी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्डन देउपुर नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगाईंले कृषकले प्राप्त गरेको सीप तथा सामाग्रीलाई अधिकतम् प्रयोग गर्दै दीगो रुपमा प्राङ्गारिक कृषि उपजको उत्पादन गर्न थालेपछि वडाबाट संकलन केन्द्र स्थापनामा पहल साथै बजारीकरणमा सहयोग गरिने जानकारी दिए ।

  • लमजुङमा एकैवर्ष ६८८ उद्योग थपिए

    लमजुङमा एक वर्षम६ सय ८८ नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिए । कार्यलयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४६१ उद्योग कृषि तथा वन पैदावर सम्बन्धी छन् । कृषि तथा वन पैदावर उद्योग दर्ता मात्र १३ लाख तीन हजार ९०० सय रुपैयाँ राजस्व संकलन भएको छ ।
    घरेलु कार्यालयमा दर्ता संख्याअनुसार जिल्लामा गत वर्ष ४३२ जना महिला र २८२ पुरुष गरी कुल ७१४ जना नयाँ उद्यमी थपिएका छन् । उक्त उद्योगहरूमा एक हजार ८४ महिला र एक हजार २९७ पुरुष गरी दुई हजार ३८१ जनाले रोजगार पाएको तथा रोजगारीमा आवद्ध भएको घरेलु कार्यालयको तथ्यांकले देखाएको छ ।

  • नेपाल बन्छ, जब नेपालमा बनाइन्छ

    नेपाल बन्छ, जब नेपालमा बनाइन्छ

    देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै चिन्ता गरेको सुनिन्छ । तर हामीले हाम्रो पैसा बाहिरिन नदिनका लागि के गर्न सक्छौं भन्ने विषयमा खासै ध्यान दिइएको छैन ।
    अहिले हाम्रो देशबाट आईटीका लागि मात्रै वार्षिक ३ अर्ब हाराहारीमा रकम बाहिरिने गरेको छ । धेरै बैंकहरुले विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्छन । एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड रुपैयाँसम्म विदेश पठाउछन् । यसबाहेक कागजात व्यवस्थापन होस् या कार्डहरुको सफ्टवेयरका लागि छुट्टै पैसा खर्च हुने गरेको छ ।
    हामीसँग भएका श्रोत, साधन र जनशक्तिका विषयमा मात्रै ध्यान दिने हो भने पनि निकै ठूलो धनराशी बाहिर जानबाट जोगाउन सक्नेछौं । नेपाल बनाउनका लागि नेपालमै वस्तुहरु बनाउनु पर्छ । नेपाल बनाउनका लागि एउटा महत्वपूर्ण क्षेत्र हो, प्रविधि । हामीले प्रविधिको भरपुर उपयोग गर्न अझै पनि सकेका छैनौं । नेपाली आईटी विज्ञहरु एक सय एक छन्, तर पनि हामी विदेशी कम्पनीहरुको भर पर्नु पर्ने बाध्यता छ ।
    सफ्टवेयरको माध्यमबाट हामीले नेपाललाई समृद्ध बनाउन सकिने सम्भावनाहरु प्रसस्त छन् । नेपालमा साच्चिकै ध्यान दिने हो भने आईटी हव बनाउन सकिन्छ । तर यस विषयमा राज्य र नियम कानून बनाउने जिम्मा पाएकाहरुले खासै ध्यान दिएका छैनन् । नेपालीहरुको स्कील र नलेज बाहिर गएको छ । नेपाली स्कील र नलेज प्रयोग गरेर विदेशीहरुले राम्रा राम्रा सफ्टवेयर बनाएका छन् । नेपालीले बनाएका सफ्टवेयरहरु नै विदेशी कम्पनीहरु मार्फत नेपाल भित्रिएका प्रसस्तै उदाहरणहरु छन् ।
    हामीले विदेशी कम्पनीहरुको सफ्टवेयर जसरी प्रयोग गर्छौ, त्यसलाई छाडेर नेपाली प्रयोग गर्ने हो भने स्वदेशमै रोजगारीका प्रसस्त अवसरहरु सिर्जना हुनेछन् । उद्यमशीलताको विकास स्वदेशमै हुन सक्ने सम्भावना छ । अहिले हामीले हाम्रा आइटी विज्ञहरुलाई समेत विदेश पलायन हुन बाध्य बनाएका छौं । स्वदेशमा पर्याप्त अवसर भएपछि धेरै एक्सपर्ट ९विज्ञ० हरु विदेशिनु पर्ने बाध्यता छ ।
    स्वदेशी सफ्टवेयर कम्पनीहरुलाई प्रोत्साहन गर्ने हो भने रोजगारीको समस्या समाधान हुने मात्रै होइन । ग्लोबल आर्यटी म्यापमा हाम्रो देशलाई देखाउन सक्नेछौं । अहिले हामी सगरमाथा र वुद्धको जन्म देश भनेर चिनाउछौं ।
    सगरमाथा र बुद्धको मात्रै होइन सूचना प्रविधिले सम्पन्न देश भनेर पनि विश्वमा चिनाउन सकिन्छ । आजसम्म नेपालमा आईटीलाई एउटा टुलको रुपमा मात्रै लिइएको छ । हामीले आईटीले विशेष ध्यान दिने हो भने भोलि आउने साइबर वारबाट देशलाई केही हदसम्म बचाउन सकिनेछ ।
    के गर्ने त अब ?
    नेपालमा सफ्टवेयर बनाउन सकिन्छ । नेपालमा नेपाली कम्पनीहरुले नै बनाएका सफ्टवेयरहरु प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ । यसलाई कानूनी संरक्षणको पनि अत्यन्तै जरुरी पर्छ । नेपालकै सफ्टवेयर प्रयोग गर्न गराउनका लागि एउटा स्वतन्त्र निकायको पनि जरुरी पर्छ ।
    जसले सफ्टवेयरको क्वालिटी चेक गरी मान्यता दिन सकोस् । जस्तो आईएसओ प्रमाणित भन्ने हामीले सुनेका छौं, सफ्टवेयरका सन्दर्भमा पनि यस्तै कुनै निकाय बनाउनु पर्छ । यसले नेपाली सफ्टवेयर उद्यमीलाई प्रोत्साहन हुन्छ । केही स्वदेशमै गरौं भन्ने वातावरण बनाउनका लागि हामी सबै लाग्नु पर्छ ।
    यस बाहेक आईटी क्षेत्रलाई पनि राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रको रुपमा राख्न सक्छ । आईटी उद्यमी बन्न चाहनेहरुका लागि बैंकहरुमार्फत सहुलियत ऋण दिएर पनि यस क्षेत्रलाई प्रोत्साहन गर्न सकिनेछ ।

  • एटीएम मेशिन फोर्दै गर्दा युवा पक्राउ

    एटीएम मेशिन फोर्दै गर्दा युवा पक्राउ

    पोखरा महानगरपालिका–१७ विरौटमा रहेका एनआईएसिया बैँको एटीएम मेशिन फोर्दै गरेको अवस्थामा युवा पक्राउ परेका छन् । कास्की प्रहरीले पवर्तको कुश्मा नगरपालिका–३ का २३ वर्षिय कृष्णबहादुर विकलाई शुक्रबार राती पक्राउ गरेको हो । मेशिन फोरेर रुपैयाँ चोरी हुदैँ गरेको सूचना आएपछि प्रहरीले तत्कालै पक्राउ गरेको जनाएको छ ।
    विकलाई जिल्ला अदालत कास्कीमा आइतबार चोरी उद्योग कसूर शिर्षकमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । उनका अनुसार कृष्णबहादुर विक यसभन्दा अघि माछापुच्छ«े बैंकको एटीएम मेशिन फोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त धरौटी तिर्न नसक्दा पुर्पक्षको लागि थुनामा गएका विक पछि अदालतबाट मुद्दा फैसला हुदाँ तोकिएको कैद भुक्तानी गरि छुटेको अभिलेखबाट देखिएको छ ।

  • बैकिङ कसूरकी आरोपीत दीक्षा पुन नियालोको घारीबाट पक्राउ

    बैकिङ कसूरकी आरोपीत दीक्षा पुन नियालोको घारीबाट पक्राउ

    बैकिङ कसूर मुद्दाको आरोपमा कास्की प्रहरीले २७ वर्षिया दीक्षा पुनलाई पक्राउ गरेको छ । बाग्लुङको ताराखोला गाउँपालिका–१ घर भई पोखरा महानगर–२ मिरुवा बस्दै आएकी दीक्षालाई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ विरेठाँटीस्थित नियालोको घारीवाट शनिवार पक्राउ गरेको हो । घारीभित्र लुकेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।
    ‘दीक्षा पुन उपर बैकिङ कसूर मुद्दा दर्ता गरी पक्राउ अनुमति लिएर खोजतलास गर्ने क्रममा झाडीमा भेटायौ’ तिवारीले भने, ‘आइतबार उच्च अदालत पोखरामा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरेका छौ ।’ पुनले पोखरा फाईनान्स लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा कुलबहादुर विकलाई गत वैशाख २६ मा ३ लाख रुपैयाँको चेक दिएकी थिइन् । खातामा रकम नभएको कारण उक्त चेक फाइनान्सबाट बाउन्स भएको डीएसपी तिवारीले बताए । उनका अनुसार कुलवहादुरले प्रहरीमा जाहेरी दिएका थिए । दीक्षाले विभिन्न व्यक्तिलाई युके पठाइदिने भन्दै रकम ठगी गरेको सूचना समाजिक सञ्जालमा सम्प्रेष्ण भएको हुदाँ यसविषयमा पनि अनुसन्धान भइरहेको बताउदै डीएसपी तिवारीले भने, ‘अन्य पीडित व्यक्तिहरु र प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।’

  • ट्वाईलेटको खाल्टोमा हालेर नावालिकाको हत्या, आमासहित दुईजना पक्राउ

    अस्थाई ट्वाईलेटको खाल्टोमा हालेर छ महिनाकी नावालिकाको हत्या गरेको आरोपमा स्याङ्जा प्रहरीले आमासहित दुई जनालाई पक्राउ गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षिया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमाल गाउँका २२ वर्षिय केदार कुमाल पक्राउ परेका हुन् । नावालिकासहित सम्पर्कविहीन भएकी रानालाई प्रहरीले खोजतलास गर्दा शुक्रबार दिउँसो गल्याङबाट नै पक्राउ गरेको हो । कुमाललाई पनि रानाकै साथबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले बताए ।
    ‘लक्ष्मी रानाले साउन १० गते छोरीलाई रातीको समय पारी १२ बजे ट्वाईलेटको खाल्टोमा हालेकी रहेछिन्’ डीएसपी खनालले भने, ‘छोरीको खोजतलास गर्दा सडेगलेको अवस्थामा खाल्टोमा लास भेटियो ।’ उनका अनुसार छोरीको हत्या गरेर कुमालसँग सोही दिन विवाह गरी भागेकी थिइन् । विना जानकारी घरमा कोही नभएको मौका पारी छोरीसहित सम्पर्कविहिन भएको भन्दै साउन १२ गते ससुरा सूर्यवहादुर रानाले प्रहरीमा खोजतलासको लागि निवेदन दिएका थिए । उनी सोही दिन पुनः विवाह गरी भागेकी थिइन् । लक्ष्मीका श्रीमान् मिनबहादुर राना रोजगारीको लागि तीन महिनादेखी इण्डिया छन् । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान गर्दै आएको जनाएको छ । नावालिकाको शव प्रहरीले सृर्यवहादुरलाई नै बुझाएको खनालले बताए । आरोपीत दुवैजनालाई आइतबार जिल्ला अदालतमा ज्यान सम्बन्धि कसूरमा मुद्दा दर्ता गरि १० को म्याद थप गरिएको डीएसपी खनालले जनाए ।