Category: प्रदेश

  • छानविन समितिमाथि नै प्रश्न उठ्यो–अर्याल

    छानविन समितिमाथि नै प्रश्न उठ्यो–अर्याल

    नकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले अर्थमन्त्रीमाथि छानविन गर्न बनेको समितिमाथिनै प्रश्न उव्जिएको बताएकी छन् । पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएकी हुन् । बजेट बनाउने क्रममा आधा रातमा अनाधिकृत व्यक्ति प्रवेश गराएको आरोप अर्थमन्त्री जर्नादन शर्मामाथि लगाइएको थियो । उक्त छानविन समितिले अर्थमन्त्री गलत नरहेको पुष्टी गरेपछि शर्मा पुनः अर्थमन्त्री पदमा नै नियुक्त भएका थिए । छानविन समितिले बहुमतको आधारमा टाउका गनेर प्रतिवेदन पेश गरेको आरोप उनको छ ।
    उक्त प्रतिवेदन चित्त बुझ्दो नभएको हुदाँ एमालेलाई स्वीकारे नरहेको उनले बताइन् । करको दायरा फेर्न अर्थ मन्त्रालयले समिति गठन गरेको हुन्छ । प्रकृयागतरुपमा बजेट नबनाएको बताउँदै पूर्व मन्त्रीसमेत रहेकी अर्यालले गठबन्धन सरकारले उनीविरुद्धको प्रमाण मेटाउने काम भएको आरोप लगाइन् । आर्थिक सूचांक धरासय बन्दै गएको बताएकी उनले शेरबहादुर देउवा नेतृत्वको सरकार इतिहासकै नालायक र असफल रहेको बताएकी छन् । एमसीसी र एसपीपी जस्ता विषयले कुटनीतिक सम्बन्ध खलबलिने, परराष्ट्र नीति र राष्ट्रियतमाथि नै प्रश्न चिन्ह्र खडा हुने काम गठबन्धन सरकारले गरेको उनले बताइन् ।
    नजिकिदै गरेको निर्वाचनतर्फ फर्किदै गठबन्धनलाई सीट कति प्राप्त गर्ने भन्ने मात्र चिन्ता रहेको भन्दै सचिव अर्यालले भनिन, ‘एमाले कमजोर नभएकै कारण गठबन्धन बनेको हो । हामी डटेर निर्वाचनमा लड्छौ ।’ उनले बड्दो महङगीको पनि विरोध गरिन् । जेठ महिनामा मात्रै आयल निगमबाट ४१ करोड इन्धन घोटला भएको उनले बताएकी छन् । यस सरकारसँग जनताले आश गर्ने ठाउँ नरहेको उनले बताइन् । उनले नागरिकता विधेयकप्रति पनि सरकारले गलत काम गरेको बताएकी छन् ।
    यस्तै एमाले प्रदेश कार्यालयले गण्डकी सरकारले गरेका कामविरुद्ध विरोध जनाएको छ । प्रदेश अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा ९ बुदेँ प्रेस विज्ञप्ती जारी गरेको हो । सरकारले मन्त्री परिषद् विस्तार गरि सातबाट १२ पु¥याएको, अघिल्ला सरकारका वहुवर्षे योजना कटौती गरेको, एक निर्वाचन क्षेत्र एक सडक नीति लत्याउदै कृषि सडकको अवधारण ल्याएको, प्रतिपक्ष दलका सांसदलाई दोस्रो तहका सांसदको दर्जामा राख्दै सत्तापक्षका प्रति सांसदलाई ५ करोड दिने गरि आफूखुशी बजेट ल्याएको, मन्त्रीका आफन्तको नाममा रहेका ट्रष्टमा बजेट राखेर सार्वजानिक सम्पतिलाई नीजिकरण गर्न खोजेको, स्रोत तथा वित्त आयोगको नियम उलंघन गर्दै बजेट निर्माण गरेको आरोप एमालेको छ । यस्तै, कर बृद्धि र करको शिर्षक हेरफेर, संसद सचिवालयका सचिवको उमेर म्याद थप गर्ने र बढ्दो भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

  • एक्लै चुनाव लड्ने तयारीमा रहन माधनकुमार नेपालको निर्देशन

    एक्लै चुनाव लड्ने तयारीमा रहन माधनकुमार नेपालको निर्देशन

    नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक्लै चुनाव लड्ने अवस्था आउने बताउ“दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले गठबन्धनमा काँग्रेसले सम्मानपूर्वक सीट नदिए एक्लै पनि चुनाव लड्ने बताएका हुन् । शनिवार बेलुका पोखरामा पत्रकारस“ग भेटघाट गर्दै उनले चित्त बुझ्दो सीट बा“डफा“ट भए गठबन्धनबाटै चुनाव लड्ने बताएका हुन् । उनले आफूहरुको माग कति सीट भन्ने विषयमा भने खुलाएनन् ।
    आगामी निर्वाचनको लागि तयारीमा जुटेको बताउदै नेपालले कार्यकर्तालाई भने, ‘पार्टी संगठन बलियो बनाउनुस । उम्मेदवार खडा गर्नुस ।’ माओवादीस“गै समाजवादी पार्टी पनि नेपालको राजनीतिमा तेस्रो स्थानमा रहेको उनको तर्क छ । उनले गठबन्धनबाट चुनाव लड्दा कसलाई कति सीट भन्ने विषयमा छलफल भइरहेको बताए । उनले ५ दलीय गठबन्धन मिलेर नै चुनाव लड्ने बताएका थिए । तर, स्थानीय तहको निर्वाचनपछि आफूहरु झस्किएको बताए । ‘का“ग्रेसका नेता मिले पनि कार्यकर्ता इमान्दारीता देखाउदैनन’ उनले भने, ‘गठबन्धन गरेर चुनाव लडीरहदा वडा तहमा मिल्न सकिएन । हामी इमान्दारपूर्वक भोट दिन्छौ का“ग्रेस दिदैन ।’ देशभरी सहमति नहुदा“ अवको निर्वाचनमा पनि के हुन्छ भनेर झस्किएको तर्क उनले राखेका थिए । उनले छोटो समयमा पार्टी राम्रो बन्दै गएको दावी गरे ।
    उनले एक वर्षमा राख्ने पार्टीको वैठक पनि छिटो छिटो राख्दै कार्य समितिलाई प्रतिवेदनसमेत बुझाइसकेको बताएका थिए । उनले एमसीसीको विषयमा पनि टिप्पणी गरेका थिए । व्याख्यात्मक टिप्पणी गर्न सकिने अवस्था रहदा रहदै पनि विरोधीले विरोधको लागि मात्रै विरोध गरेको जनाए । ‘एमालेले कुनै पनि बुदा“ संशोधन नगरि पास गर्ने तयारीमा थियो’ उनले थपे, ‘हामी देशको हितमा नरहका बुदा“ सच्चाएर पास गर्ने भनेका थियौ । सोही सहमति अनुसार एमसीसी पारित भएको हो ।’ उनले देशको हित विपरीत भएमा व्याख्यात्मक टिप्पणी गरि पुनः उल्टाउन पनि सकिने बताए । नागरिकता विधेयक पारित स्वभाविक रहेको भन्दै भारतमा नेपाली चेलीले नागरिकता पाउन ७ वर्ष कुनुपर्ने भएपछि नेपालमा पनि भारतीय चेलीले ७ वर्ष नै कुनुपर्ने आफूहरुको माग रहेको अध्यक्ष नेपालको भनाई थियो । नेपालले बामपन्थी आन्दोलनलाई जोगाउने दायित्व आफूहरुको रहेको बताए । संचारकर्मीले एमालेस“गको एकता कति सम्भव छ भनेर प्रश्न गर्दा उनले एमालेले ५ जना नेतालाई देशद्धोही घोषण गरेको एमालेस“ग एकता सम्भव नरहेको बताए । उनले एमालेमा अव भविष्य नरहेको भन्दै शिक्षित नेता बेलैमा समाजवादी आउन पनि आग्रह गरेका छन् । आगामी निर्वाचनमा नेता नेपाल रौतहट या काठमाडौं कहा“बाट चुनाव लड्ने विषयमा नटुङगिसकेको भन्दै मतदाता र कार्यकर्ताको इच्छाअनुसार क्षेत्र तोक्ने बताए ।

  • राष्ट्रिय स्वतन्त्र पार्टि अबको एकमात्र विकल्प- नेता रेग्मी

    राष्ट्रिय स्वतन्त्र पार्टि अबको एकमात्र विकल्प- नेता रेग्मी

    राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सदस्य तथा सुचना प्रमुख बाेधराज रेग्मीले अागामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा देशका लागि एकमात्र विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी रहेको वताएका छन् !
    स्याङ्जा जिल्ला फेदिखाेला गाउँपालिकाकाे पार्टी कार्यालय उद्घाटन तथा भेलामा सम्बाेधन गर्दै रेग्मीले भने – ” पुराना राजनीतिक दलहरूले जनताका समस्या सुन्न खाेजेनन् ,जनतालाई हरेक कुराबाट चुसिरहे , जनताका समस्यालाई समाधान गर्ने एकमात्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो “
    सरकारमा रहेर अाफु र अाफ्ना कार्यकर्ता मात्रै साेच्ने , जनताका समस्या जस्ताको तस्तै रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि कार्यकर्ता तथा संगठन नहुने भन्दै अागामी निर्वाचनमा घण्टी चिन्हमा मतदान गरि पुराना दललाई पाखा लगाउँदै देशलाई परिवर्तनको दिशामा लैजान समेत अाग्रह गरे ! मंसिर ४ गतेकाे निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीकाेे नेतृत्वमा सरकार बन्ने र जनताका समस्या सम्बाेधन हुने समेत जिकिर गरे ! पार्टीको सदस्यता मात्रै नलिई अाफ्ना क्षेत्रमा रहेका समस्या समेत सम्पर्क कार्यालयमा लिखित रुपमा पेश गर्न अनुरोध गरे ।
    कार्यक्रममा दिनेश क्षेत्री, क्या शिव बहादुर खत्री, जिल्ला सचिव रमेश पाेख्रेल, जिल्ला सभापति डिल्लीराम काेइराला, प्रदेश सदस्य विश्वास भण्डारी लगाएतले बाेलेका थिए भने पार्टीका सभापति रवि लामिछानेको भर्चुअल सम्बाेधन समेत रहेको थियोे ।
    फेदिखाेला गाउँपालिकामा पुष्पराज शर्माको सभापतित्वमा गाउँपालिका समिति र विभिन्न वडासमिति चयन भएका छन् ! राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारका लागि अहिले देश दाैडाहमा रहेको छ ।

  • नेपाल मुद्रण उद्योग महासंघको टोली पाथर्दी सामुदायिक होमस्टेमा

    नेपाल मुद्रण उद्योग महासंघको टोली पाथर्दी सामुदायिक होमस्टेमा

    नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको टोली शुक्रबार साँझ तनहुँको पाथर्दी सामुदायिक होमस्टेमा पुगेको छ ।

    आन्तरिक पर्यटन प्रवर्द्धन र संघका सदस्यबीच भाइचारा सम्बन्ध प्रगाढ बनाउने उद्देश्य अनुरुप संघको टोली तनहुँ भिमाद नगरपालिका- ९ मा चार वर्ष अघि सञ्चालित पाथर्दी सामुदायिक होमस्टे पुगेको हो ।

    महासंघका महासचिव मनोहर दाहालका अनुसार टोलीले शनिबार बिहान मुद्रण उद्योग संघमा देखिएका समस्याबारे गम्भीर छलफल र मुद्रण उद्योग संघ तनहुँका टोलीको पदस्थापन गर्ने कार्यक्रम छ । टोली शनिबार नै पोखरा फर्किने कार्यक्रम रहेको उनले बताए ।

    महासंघ गण्डकीका अध्यक्ष वसन्त बास्तोलाको नेतृत्वमा संघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मी, महासचिव कमल पोखरेलका साथै गण्डकी प्रदेश समिति, कास्की, तनहुँसहित विभिन्न जिल्लाका प्रतिनिधि गरी ७० जनाको टोली छ ।

    महासंघ गण्डकी प्रदेश सदस्य गोविन्द सिग्देल संयोजक, धनश्याम गौतम र पुनम गुरुङ सदस्य रहेको समितिको व्यवस्थापनमा टोली होमस्टे पुगेको हो ।

  • गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजानिक गर्नुपर्छ– विजुक्छे

    गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजानिक गर्नुपर्छ– विजुक्छे

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेले गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजानिक गर्नुपर्ने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारसँग भेट्दै उनले नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गर्दै घोषणपत्र सार्वजानिक गरेपछि मात्र जनताले मताधिकारको सदुपयोग गर्न पाउने बताए । ‘घोषणपत्रमा के छ जनता स्वंम पढ्छन्’ उनले भने, ‘जनतालाई लक्षित कार्यक्रम ल्याइएको रहेछ भने सोही अनुसार मतदान गर्छन् । उनीहरुको मत नेताको लागि निर्देशन हो ।’
    उनले नेपालको परिवेशमा घोषणपत्र एउटा र काम अर्को हुने गरेको बताए । जहिलै चुनावमा जनता झुक्याउने काम भएको बताउदै उनले भने, ‘नेताले भोटको लागि घोषणपत्रमा राम्रा कार्यक्रम राख्छन् । सरकारमा गएपछि जनतालाई गरेका बाचा पुरा गर्दैनन् । यसकारण पनि घोषणपत्र पहिलै सार्वजानिक हुनुपर्छ । पछि जनताले किन यो काम भएन भनेर प्रश्न गर्न सकुन् ।’ घोषणपत्रको आधारमा चुनाव लड्नुपर्ने उनको तर्क थियो । घोषणपत्रमा भ्रष्टाचारको विषय नलेख्ने तर, नेताले बढी भ्रष्टाचार गर्ने बताउदै उनले सुशासनका नारा झुटा हुन थालेको बताए । उनले सत्ता संचालनको विषय दिल्लीमा नभई जनताको माझमा छलफल गर्नुपर्ने बताएका थिए । उनले एमसीसीको विषयमा पनि विरोध गरेका छन् । अमेरिकाले तेस्रो विश्व युद्ध चाहेको बताउदै नेपाललाई युक्रेन र श्रीलंका बनाउन खोजेको उनको भनाई छ । अमेरिकाले कुनै पनि देशको आर्थिक, राजनीतिक दृष्टिकोणबाट अघि बढाउन नचाहेको बताउदै उनले इण्डियाको व्यापारयुद्धले नेपाललाई मारमा पारेको बताए ।

  • घरजग्गाको कर सम्बन्धि अर्थ मन्त्रालयको ध्यानाकर्षण

    घरजग्गा रजिष्ट्रेशन लगायतका सेवा शुल्कमा लगाइएको कर सम्बन्धित गण्डकी प्रदेशको अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । आज प्रेस विज्ञप्ती निकाल्दै मन्त्रालयले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ ।
    मन्त्रालयको प्रेस विज्ञप्ती जस्ताको तस्तै
    गण्डकी प्रदेश सभाबाट पारित भई कार्यान्वयनमा आएको आर्थिक ऐन, २०७९ मा उल्लेख भएका घरजग्गा रजिष्ट्रेशन लगायतका सेवाशुल्कका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट भईरहेको सूचना प्रवाहप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।
    आर्थिक ऐन, २०७९ तर्जुमा क्रममा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ६० प्रतिशत हिस्सा बाँडफाँट हुने घरजग्गा रजिष्ट्रेशन शुल्कको दर र दायरा निर्धारणको लागि कानून बमोजिम निजी क्षेत्र समेतको प्रतिनिधित्व हुने गरी गठित प्रदेश स्तरीय राजस्व परामर्श समितिको सिफारिस समेतका आधारमा प्रदेश सरकारले करका दर र दायरा निर्धारण गरेको हो।
    आर्थिक ऐन, २०७९ मा तीन पुस्ता भित्रको हकवाला बाहेक अन्यत्र हक हस्तान्तरण भई अप्रत्याशित रुपमा प्राप्त हुने यस्तो सम्पत्तिमा तीन पुस्ता भित्रको हकवालामा हुने हक हस्तान्तरणको सरह नै शुल्क राख्दा न्यायोचित नहुने हुँदा सो भन्दा केही बढी मात्रै शुल्क कायम गरिएको हो। तीन पुस्ता भन्दा बाहिरबाट सम्पत्ति हक हस्तान्तरण विरलै हुने गरेको हुँदा उक्त व्यवस्थाले तात्विक असर नपर्ने देखिन्छ।
    त्यसै गरी अंशबण्डाका सम्बन्धमा सर्वसाधारणको अधिक कारोबार हुने रू। १० लाखसम्मको थैली अंकमा साविकको व्यवस्था बमोजिम नै थैली अंकको ०।२ प्रतिशत शुल्क लाग्ने व्यवस्था कायमै राखिएको छ। प्रगतिशिल करको सिद्धान्त बमोजिम रू। ५ करोड भन्दा माथिको थैली अंकको हकमा साविकमा लाग्दै आएको १ प्रतिशत शुल्कमा ०।५ मात्रै वृद्धि गरेर १।५ प्रतिशत कायम गरिएको हो। घरजग्गाको राजीनामा, सट्टापट्टा, सगोलनामा, छोडपत्र, दर्ताफारी, दाखिला खारेज लगायतका अधिक कारोबार हुने विषयहरूमा साविकको व्यवस्था नै कायम रहेको छ।
    गण्डकी प्रदेशमा आयात प्रतिस्थापन गर्नको लागि कृषि उत्पादन तथा उत्पादकत्व बढाउने कृषिजन्य उद्योग र रोजगारी सृजना गर्ने उत्पादनमुलक उद्योगलाई प्रवर्धन गर्न रजिष्ट्रेशन शुल्कमा छुट प्रदान गरिएको छ। उद्देश्यविपरित जग्गा प्रयोग भएको पाइएमा जरिवानाको समेत व्यवस्था गरिएको छ। यस व्यवस्थाबाट नागरिकलाई वर्गिकरण नगरी प्रदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
    प्रदेश सरकार स्थापनाकालदेखि आर्थिक वर्ष २०७८र७९ सम्म करको दर र दायरामा कुनै परिवर्तन नगरिएको अवस्थामा करका दरलाई समयसापेक्ष बनाउनका लागि केही शीर्षकमा गरिएको सामान्य समायोजनले समग्रमा करको थप भार नपर्ने हुँदा यस विषयमा गण्डकी प्रदेश सरकार, अर्थ मन्त्रालय सचेत र जिम्मेवार रहेकोले सरोकारवाला सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ।

    मितिः २०७९ श्रावण २०
    वसन्तराज तिवारी
    उपसचिव (प्रवक्ता)

  • राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका विभिन्न बिभाग प्रमुख नियुक्त

    रबि लामिछानेको नेतृत्वमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशमा विभिन्न बिभाग प्रमुख चुनिएका छन् । गण्डकी प्रदेश समितिकाे पहिलो अाैपचारिक बैठकबाट बिभाग प्रमुख नियुक्त भएका हुन् ।
    सुचना तथा प्रचारप्रसार विभाग प्रमुखमा स्याङ्जाका बाेधराज रेग्मी नियुक्त भएका छन् ! त्यस्तै संगठन विभाग प्रमुखमा कास्कीका अशाेक खड्का र अार्थिक बिभाग प्रमुखमा कास्कीकै सविता शर्मा उपाध्याय नियुक्त भएकी छिन् ।
    अावश्यकता अनुसार अन्य विभाग प्रमुखहरु समेत नियुक्त गर्दै जाने गण्डकी प्रदेशका सभापति डा. ढाका कुमार श्रेष्ठले बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेकाे समयमा देशको अावश्यकता हो, पुराना दलहरुका कार्यहरुप्रति अाम जनताहरु रुष्ट छन्, समाज र राष्ट्रका मुद्दामा समाधानका निम्ति एकमात्र विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी हो ।´ अहिले देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनलहर बढिरहेको र अागामी निर्वाचनमा पार्टिले लक्षित जित हासिल गर्नका निम्ति गण्डकी प्रदेशमा विभिन्न विभागिय प्रमुखहरु नियुक्त गरिएको समेत डा श्रेष्ठले बताए !
    फरक एजेन्डा र सिद्धान्त बाेकि अाफुलाई जनताको सेवा गर्ने पार्टीकाे रुपमा स्थापित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी अहिले देश दाैडाहमा छ र संगठन विस्तारलाई तिव्र रुपमा अगाडि बढाईरहेकाे छ ।

  • पहिराेले पाेखरामा युवाकाे मृत्यु

    केही दिनदेखी परेकाे अविरल वर्षााका कारण पहिराे जादाँ पाेखरामा २६ वर्षिय युवाकाे मृत्यु भएकाे छ । मध्यरातमा अाएकाे पहिराेले गाेठ भत्किदा डिहिकाेपाटनका सन्ताेष सुनारकाे पुरिएर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

    पोखरा–६ स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एकतले कच्चीघरको पछाडिबाट पहिरो आएको थियो । उक्त पहिरोमा परी गम्भीर घाइते भएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ तातोपानी घर भएका सुनारलाई राति १ बजेर ५५ मिनेटमा उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएकोमा २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • खस्कियो सरकारी विद्यालयको नतिजा

    प्रकाशित एसईईको नतिजा स्याङ्जा र कास्कीमा गतवर्षको तुलनामा निकै खस्किएको छ । दुवै जिल्ला शिक्षा समन्वय समितिका अनुसार यसवर्ष र गतवर्षको रिजल्टमा आकाश र जमिनको भिन्नता छ । अघिल्ला दुई वर्ष कोरोना भाइरसको कारण एसईईमा सहभागि हुने विद्यार्थीलाई सम्बन्धित विद्यालयले आन्तरिक मूल्यांकन गरेर नम्बर दिएका थिए ।
    जसका कारण ४ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि सन्तोषजनक थियो । यसवर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिएर नतिजा प्रकाशन गरेको छ । स्याङ्जा कार्यालय प्रमुख गुरुप्रसाद पौडेलका अनुसार स्याङ्जामा ४ जिपिए ल्याउने विद्यार्थीको संख्या एउटा पनि छैन् । ‘यसवर्षको नतिजा लाजलाग्दो छ’ उनले भने, ‘अनलाईन कक्षा प्रभावकारी देखिएन ।’ कोभिड र वर्षाको कारण शैक्षिक सत्र समयमै संचालन नहुने, असोजमा सुरु भएको शैक्षिक सत्र ६ महिनापछि बन्द जसले गर्दा पाठ्यक्रम पनि अधुरै रहेको पौडेल बताउ“छन् ।
    समयमै विद्यालय गएर पठनपाठन गरेजस्तो अनलाईनमा पढेर नहुने बताउ“दै उनले सरकारी विद्यालयको नतिजा वर्षेनी खस्किदै गएको बताए । ३.५ देखि ३.९ जिपिए ल्याउने विद्यार्थी जम्मा ६१ जना रहेको बताउ“दै उनले थपे, ‘साइन्स लिएर पढ्ने विद्यार्थीलाई समस्या देखियो । कि त ग्रेड बढाउन पुनः परीक्षा दिए मात्र हो । यदी परीक्षा नदिइ क्याम्पस पढ्ने हो भने, एजुकेशन, आर्टस् र कर्मशलाई मात्र बाटो खुल्यो ।’ उनका अनुसार अधिकाशं विद्यार्थीलाई गणित, विज्ञान र अग्रेजी विषयमा कमजोर देखिएको छ । अवका दिनमा पनि विद्यालयले वैकल्पिक अध्यापन गराउन खोज्यो भने नजिता झन् खस्किने कार्यालयले जनाएको छ । नियमित रुपमा कक्षामा उपस्थित नहुनु पनि नतिजा खस्कनुको अर्को कारण हो । कास्कीमा भने ४ जिपिए ल्याउने विद्यार्थी २ जना रहेका छन् ।
    कास्कीमा प्रमुख नारायण सुवेदीले गतवर्ष ४ जिपिए ल्याउने विद्यार्थीको सख्या १५ रहेको बताए । ‘विद्यालयले मूल्यांकन गरेर दिएको नम्बर जस्तो परीक्षा बोर्डले लिदा भएन’ उनले भने, ‘सरकारी विद्यालय पनि कमजोर हुदै गएका छन् । अलिअलि इज्यत नीजि विद्यालयकै कारण रहेको छ ।’ उनले वर्षेनी एसईईको नजिता खस्किदै गएको बताए । स्याङ्जामा ४ हजार ८ सय ५४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने कास्कीमा १० हजार ४ सय ४१ जना थिए ।

  • मुख्यमन्त्री र भौतिकमन्त्रीको विरोधमा उत्रियो नेविसंघ

    मुख्यमन्त्री र भौतिकमन्त्रीको विरोधमा उत्रियो नेविसंघ

    नेपाल विद्यार्थी संघले गण्डकी प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको विरुद्ध नाराजुलुस गरेको छ । सवारी साधनमा अत्याधिक कर बढाएको भन्दै आज मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदेश सरकारको विरोध प्रर्दशन गरेको छ ।
    साउनदेखि लागु हुने गरि सवारी साधनमा २५ प्रतिशतबाट ह्वात्तै २०० प्रतिशत कर बढाएको प्रदेश सरकारले सूचना प्रकाशित गरेको थियो । करबृद्दि फिर्ता गर, जरिवाना कर फिर्ता, मुख्यमन्त्री राजीनामा दे, भौतिक मन्त्री होसियार जस्ता नारा लगाएका छन् ।