ताल छेउमा होटल, रेष्टुरेन्ट तथा रिसोर्ट पोखरामा धेरैनै छन त्यो पनि पोखरा शहर भित्र । पोखरा भ्यालि बाहिर पहिलोपटक कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको सुईखेत रिभर भ्याली रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ । सुईखेत रिभर भ्यालि रिसोर्ट आन्तरिक पर्यटकहरुको लागि नया गन्तव्य बनेको छ । रिसोर्टमा राखिएको एटिभि बाईक राईड र स्वीमिङ पुल संगै रहेको प्राकृतिक मनोरम दृश्यले त्यहा जाने पर्यटकहरुको पहिलो रोजाई बन्ने गरेको छ ।
पोखरा तालै तालको सहरको रुपमा चिनिदै आएको र पछिल्लोसमय पोखरा भ्यालि आसपासका डाडा कांडाहरुमासमेत पर्यटकीय गन्तव्य बनिरहदा प्राकृतिलाई नजिकबाट नियाल्न सकिने सुईखेत खोलाको छेउमा हरियालि बातावरणमा रमाउन चाहनेलाई लक्षित गरी आफुले सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा ल्याएको रिसोर्टका सञ्चालक जितेशमान गुभाजुले वताए । १५ रोपनी क्षेत्रफलमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुईखेत रिभर भ्यालीबाट विहानीको सूर्य उदय र वेलुकाको सूर्य अस्तको समेत अवलोकन गर्न सकिने छ । पूर्व र पश्चिममा डांडा कांडाको खोंचबाट सूर्योदय र सूर्यअस्तको दृश्यको छुट्टै अनुभव लिन सकिने गुभाजुले वताए ।
रिसोर्टमा आउने पर्यटकलाई सुईखेतमा मात्रै सिमित नबनाउने उदेश्य सहित आफुहरुले एटिभि बाइकको माध्यमबाट पर्यटकहरुलाई हेम्जाकोट हुँदै अस्ताम सम्मको प्याकेज वनाई सञ्चालन गरिरहेको वताए । एटिभि बाईकको माध्यमबाट अस्ताममा पुगेपछि त्यहाँ बाट उत्तरमा रहेका हिम श्रृङखला संगै हेम्जा फांट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिने भएकालेपनि आन्तरिक पर्यटकहरुको रोजाई सुईखेत रिभर रिसोर्ट हुने गरेको छ ।
त्यसैगरि छोटो दुरिमा एटिभि बाइक चलाउनेहरुले सुईखेत रिभर भ्याली हुँदै फेदि सम्मको यात्राको अनुभव गर्न सक्नेछन । रिसोर्टमा बस्ने पाहुनाले हाईकिङ गरी कास्कीकोट दरबार, अस्ताम सम्म पुग्न सक्नेछन । त्यसैगरि रिसोर्टमा स्वीमिङ पुलको समेत ब्यवस्था रहेको छ । जसका लागि पनि विभिन्न प्याकेजको ब्यवस्था गरिएको छ । त्यसैगरि रिसोर्टमा हाल छ वटा रुम रहेको छ जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजहरुको व्यवस्था गरिएको रिसोर्टका अप्रेसन म्यानेजर सागर गुरुङले वताए ।
सुईखेत रिभर भ्यालि रिसोर्ट भित्र रहेको विभिन्न कटेजहरुले मधेसमा बसोबास गर्ने थारु बस्तीको झल्को दिने गरेको र यसले समेत पर्यटकहरुलाई आकर्षित गरेको छ । रिसोर्टमा पार्किङको पर्याप्त ब्यवस्था र बाल उधान समेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेहरुका लागि समेत उचित गन्तव्य बनेको छ ।
शान्त बातावरण प्राकृतिक हरियालीलाई नजिकबाट नियाल्ने सक्ने भएकाले रिसोर्टमा पर्यटकहरुको आकर्षण वढेको वताउदै गुरुङले रिसोर्टमा बस्न चाहने पाहुनाहरुलाई लक्षित गरी सांझमा बार वे क्यू संगै स्वीमिङको समेत ब्यवस्था गरिएको वताए । रिसोर्टमा हाल २० जनाले प्रत्यक्ष रोजगार पाएका छन ।
Category: प्रदेश
-

आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट
-

महानगरका मेयरको भेला पोखरामा हुने
पोखरा महानगरको आयोजनामा देशभरका महानगरका मेयरको भेला पोखरामा हुने भएको छ । साउन १३ र १४ मा मेयर सम्मेलन हुने भएको पोखरा महानगरले जनाएको छ ।
महानगरपालिका संचालनका लागि आवश्यक कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि भेलाको आयोजना गरिएको मेयर धनराज आचार्यका प्रेस संयोजक गोविन्द सुवेदीले बताए । यस सम्मेलनलाई अँग्रेजीमा मेट्रो मेयर मिट नेपाल भनिएको छ ।
-
अविरल बर्षाले गोठ भत्कायो
अविरल वर्षाका कारण आज बागलुङको बरेङ गाउँपालिका–३ लिग्दी बस्ने चन्द्रबहादुर खत्री क्षेत्रीको ढुँङ्गा माटोले बनेको २ तले कच्ची गोठ भत्किएको छ । गोठ भत्किदा गोठमा रहेको एउटा गाई र २ वटा बाख्रा मरेका छन् । प्रदेश प्रहरीका अनुसार चौपाया मरे पनि मानविय क्षति भने भएको छैन् । घटना हुदाँ साथ प्रहरी घटनास्थल पुगि उद्दार गरेको थियो ।
-

पाेखराका मेयर धनराज आचार्यको सम्पत्ति ४३ करोड
पाेखरा महानगरपालिका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदमा रहेकाे ६० दिनभित्र अाफ्नाे सम्पति विवरणा सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ । साे अनुसार उनले अाफ्नाे सम्पति विवरण सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको विवरणमा पैत्तिक सम्पतिबाहेक साढे ४३ करोड सम्पत्ति देखिन्छ । मेयर आचार्यले २ करोड ८५ लाख रुपैयाँ ऋण पनि देखाएका छन् । अहिले ऋणबाहेक ४० करोड ७६ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरको आफूसँग सम्पत्ति रहेको मेयर आचार्यले सार्वजनिक गरेका हुन् ।
आचार्यको पोखरा महानगरपालिका ९ मा २८९ वर्गमिटरमा २ वटा घर छन् । श्रीमती पुष्पाकुमारीको नाममा काठमाडौं सीतापाइलामा ९२५ वर्गफिटको २ कित्ता जग्गामा घर छ । उनले पोखरामा रहेका २ वटा घरको मूल्य ९ करोड २५ लाख रुपैयाँ र काठमाडौंमा रहेको घरको मूल्य १ करोड ८५ लाख रुपैयाँ उल्लेख गरेका छन् ।
पोखरा ११ मा आफ्नै नाममा दुई कित्ता जग्गा र घर छन् भने दोलखामा ५८ रोपनी ७ आना जग्गाको रहेकाे छ । जसकाे मूल्य ८७ लाख रुपैयाँ पर्ने जनाएका छन् । नगद १५ लाख नगद मौज्दात राखेका मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ । मेयर आचार्यले आफूसँग २ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ स्कुटर रहेको खुलाएका छन् ।
यस्तै आचार्यसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको छ । मादी गाउँपालिकास्थित सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक रहेका आचार्यसमेत संलग्न तमोर जलविद्युत आयोजना निर्माणको चरणमा छ । उनको मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर छ ।
-

आग्रीखर्कमा घुम्ति वडा कार्यालय
गाउँ गाउँमा सामाजिक भत्ता पुराएको अर्जुनचौपारी गाउँपालिकाले घुम्ति वडा कार्यालयको शुरुवात गरेको छ । राज्य पुर्नसंरचनाका क्रममा वडा कार्यालयबाट टाढाँ रहेका गाउँमा वडाको सेवा पु¥याउने उदेश्यले घुम्ति वडा कार्यालय थालिएको हो ।
पालिकाको पहलमा वडा नम्बर ३ ले वडा कार्यालयबाट टाढाँ रहेको आग्रीखर्कमा घुम्ति वडा कार्यालय थालेको हो । वडा कार्यालय सिमलचौरबाट सबैभन्दा टाढा अर्थात सवारीसाधनडबाट डेढ घण्टा टोढाँ आग्रीखर्क पर्वत महाशिलासगँ जोडिएको गाउँ हो । वडा नम्बर ३ ले आग्री खर्कका पाचँ बर्ष भन्दा धेरै पहिलाबाट मोलपोत कर नदिएका ४९ घरधुरीमा मालपोत सेवा दिएको हो ।
वडाले पहिलो चरणमा मालपोत कर गाउँमा पुगेर लिएको बताउदै वडा अध्यक्ष शोभाकान्त काफ्लेले अब जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता दस्ता सेवाहरु एक महिनामा भित्र पुगेर दिने बताए । पालिका निर्माण जनतालाई छिटो छरितो सेवा दिने उदेश्यले भएको बताउदै पालिका अध्यक्ष प्रकाश तिवारीले अब सेवाबाट टाढाँ रहेका टोलमा पुगेर सेवा दिने बताए । पालिकाले सेवा दिएकोमा खुसी ब्यक्त गर्दै आग्रीखर्कका टिकाराम लम्सालले गाउँ गाउँमै सेवा दिएकोमा वडा र पालिका प्रति अभार प्रकट गरे ।
गाउँबाट दिन थालेको सेवाको लागि एक दिन लगायर वडा कार्यालयबाट दिएको बताउदै लम्सालले निरन्तर रुपमा सेवा दिन आग्रह गरे । ६ वटा वटा रहेको पालिकाका दुर्गम रहेका आग्रीखर्क जस्तै राम्चे, निबुवाबोट, सिर्घु, दारेगौडा जस्ता टोलमा पुगेर हरेक महिना जनताका अत्यावश्यक सेवा पालिकाले दिनेछ । -

पोखरामा माटो जोगाऔं अभियान
पोखराको सभागृहमा माटो जोगाऔँ अभियान सुरु गरिएको छ । मरुभूमिकरण र माटोलाई पुनस्र्थापनाका लागि नीति आवश्यक पर्ने जनचेतना जगाउन सद्गुरुद्धारा शुरु गरिएको विश्वव्यापी सेव सोइल अभियानलाइ निरन्तरता दिएको हो । सातै प्रदेशमा दैनिक औसत ५० किलोमिटर दौडने अभियानकर्ता नवीन पुन मगरलाई कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यले स्वागत गरे ।
कार्यक्रममा मेयर आचार्यले नवीन पुन मगरलाई निस्वार्थ काम गरेको भन्दै स्वागत तथा प्रशंसा गरेका थिए । मेयरले माटो जोगाउन एकजुट हुने प्रतिवद्धता व्यक्त गर्दै पोखरामा माटो बचाउन र कृषि क्षेत्रलाई सहयोग गर्ने नीति बनाउने प्रतिबद्धता जनाए । उनले माटो बचाउ कार्यक्रमका लागि महानगरपालिकाले पोखरा सभागृह अनुदान दिएको र अभियानकर्ता नवीन पुन मगर तथा उनको स्वयंसेवी टोलीलाई यस अभियानका लागि सहयोग स्वरुप ५० हजार र पोखरामा हुँदा सहयोग खर्च व्यहोर्न तथा यस कार्यमा सहयोग गर्न प्रतिबद्दता व्यक्त गरे ।
कार्यक्रममा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासुदेव रेग्मी, कृषि विकास केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारी, महानगरका कृषि विभाग प्रमुख मनोहर कडरिया, माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख तथा वरिष्ठ माटो विज्ञ सुनिल पाण्डेले माटोको स्वास्थ्य र कृषिबीचको सम्बन्धबारे जानकारी दिएका थिए । माटो बचाउन नीतिहरू आवश्यक छन् र स्वस्थ माटोले मात्र दिगो रुपमा स्वस्थ खाना उत्पादन गर्न सकिने उनीहरुले जोड दिएका थिए ।
सोही कार्यक्रममा प्राध्यापक विनोदप्रसाद हेज्युले वातावरणीय स्वास्थ्यका लागि चासोको आवश्यकता रहेको बताए । त्यस्तै गण्डकी मेडिकल कलेजका प्रधानाध्यापक डाक्टर रवीन्द्र प्रसाद श्रेष्ठले खेतीपातीमा मलको प्रयोग र यसले मानिसको स्वास्थ्यमा पार्ने असरका बारेमा बताए । सबै वक्ताहरु पछि अभियानकर्ता नवीन पुन मगरले आफ्नो ज्यान जोखिममा राखी यो अभियान ७० दिनमा सातै प्रदेशमा ३५ सय किलोमिटर दौडिनको कारण बताए ।
तथ्यमा आधारित रहेको यो कार्यक्रममा ज्ञानु आचार्य र कुश्मा आचार्यका कविता, बीटूडी डान्स स्टुडियोको नृत्य प्रस्तुति र त्रिभुवन विश्वविद्यालय पोखरा क्याम्पसको वनविज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुको फ्ल्यास मोब डान्स समेत प्रस्तुत गरि मनोरंजन गराएका थिए । अभियानकर्ता नवीन पुन मगर अब स्याङ्जाको पुतली बजारतर्फ दौडनेछन् ।
त्यसपछि उनी माटो जोगाऔं अभियानलाई नेपालको पश्चिमी भागमा लैजाने अभियानलाई निरन्तरता दिनेछन् । उनले ३५ सय किलोमिटरको लक्ष्यमध्ये १७ सय ४५ किलोमिटर पूरा गरिसकेका छन् । -

बिपीका सिद्धान्त नेपालका दलहरुको मुलमन्त्र : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन् ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ४० औं स्मृति दिवस (साउन ६) का सन्दर्भमा वक्तव्य जारी गर्दै उनले राष्ट्रियताको सवालमा बिपीले लिएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा अहिले झन् बढ्दै गएको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘राणा शासनविरुद्धको आन्दोलनका अगुवा युगनायक विपी कोइराला प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा समेत उत्तिकै छाप छाड्न सफल हुनुभएको छ । मुलुकले अहिले पनि उहाँले देखाएको मार्गलाई नै अनुशरण गर्दै आएको छ ।’
मुलुक र नागरिकको हितका लागि बिपीले थालेका दुरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको भन्दै उनले नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने भएकाले राजनीतिको मुल ध्येय जनताको सेवा हो भन्नेमा बिपीको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘बिपीका गतिशील र कालजयी विचारकै कारण आज पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्याय बनेको छ ।’ प्रजातान्त्रिक विचारधाराको विकास र विस्तारमा योगदान गर्न, मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न बिपीले पु¥याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ ।
‘बिपी कोइरालाले अगाडि सारेको प्रजातान्त्रिक सिद्धान्त र विचारलाई अवलम्बन गरी मुलुकमा राजनीतिक स्थायित्वतर्फ डो¥याएर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान सके मात्र उहाँप्रतिको सम्मान हुनेछ भन्ने मलाई लागेको छ,’ उनले भनेका छन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व, साहित्यमा समेत उत्तिकै दख्खल राख्ने बिपी कोइरालाप्रति मुख्यमन्त्री पोखरेलले हार्दिक श्रद्धान्जली अर्पण गरेका छन् । २ं०१६ जेठ १६ मा प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रुपमा सपथ खाएका बिपी १८ महिना मात्र उक्त पदमा रहे । विसं १९७१ भदौ २४ मा जन्मेका बिपीको २०३९ साउन ६ गते निधन भएको हो । -
सामुदायिक बन अतिक्रमण बिरुद्ध कारण देखाऊ आदेश
पोखरा महानगर–३३ मा रहेको चैनपुर सामुदायिक बन अतिक्रमण बिरुद्ध उच्च अदालत पोखरामा उजुरी परेको छ । बिगत लामोसमयदेखि विवादमा रहेको उक्त सामुदायिक वनक्षेत्र भित्रको करिव ७५ रोपनी क्षेत्रफल भित्रको बन अतिक्रमण गरिएको बिषय अदालतमा पुगेको छ ।
उच्च अदालत पोखरामा उक्त बनका उपभोक्ताले अदालतमा उजुरी हालेका हुन । उक्त क्षेत्रमा करिव २० वटा घर र्निमाण गरि अतिक्रमण गरिएको छ । जिल्ला बन कार्यालय, डिभिजन बन कार्यालयमा लामोसमयदेखि छलफल हुदै आएपनि अतिक्रमणको प्रमाण हुदाँहुदैँ पनि कुनै कार्वाही प्रकृया अगाडी नबढाएकोले आफुले वाध्य भएर अदालतसम्म जानपरेको निबेदक बाबुराम अधिकारीले बताए ।
उच्च अदालत पोखराले भने उक्त उजुरी उपर विहीवार कारण देखाउ आदेश जारी गरेका छ । अदालतको आदेश अनुसार वन क्षेत्रभित्र के कसो भएको हो ? निबेदकको माग अनुसार कार्वाही किन नगर्ने भनि १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो । निबेदक अधिकारीले डिभिजन बन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय पोखरा, पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं ३३ लगायत ३० जनालाई बिपक्षी बनाएका छन् ।
अदालतमा उजूरी गरेपछि आफुलाई विभिन्न धम्की आएको र ज्यानको जोखिम रहेको समेत उनले बताएका छन् । आफुले सुरक्षाको प्रत्याभुतका लागि प्रहरीमा निबेदन समेत दिएको बताए । पुर्ब वडा अध्यक्ष लगायतको संलग्नतामा बन क्षेत्रभित्रको जमिन दर्ता गर्न भनी स्थानियस्तरमा नै एक आयोगको नाम दिएर घरधुरी र जमिन ओगटेको आधारमा दर्ता प्रकृया अगाडी बढाउन खोजेपछि जिल्ला बन कार्यालयले रोकेको थियो । तर, अतिक्रमणकारीलाई भने कुनै कार्वाही गरिएको थिएन ।
केही थुनामा राखेर निकालिएको स्रोतले बताएको छ । निबेदक अधिकारीले कानुन बमोजिम हुने र्निणय मान्न छाडेर कानुन हातमा लिन आफुलाई डर र धम्की दिन थालेको बताए । राज्यको सम्पतीलाई राज्यकै अधिनमा राख्न आफुले चालेको कदममा साथ दिन उनले सवैलाई आग्रह गरेका छन् । -

पुस १४ गते गण्डकीका सांसदलाई शपथ
आगामी पुस १४ गते गण्डकी प्रदेशका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेशसभा सचिवालयका अनुसार पुस १३ गते ज्येष्ठ सांसदको रुपमा पर्वतका मित्रलाल बस्यालले शपथ लिएपछि अन्य सांसदको लागि पुस १४ गते शपथ खुवाइने गरि कार्यक्रम तय भएको छ । बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाउने छन् । यस्तै, बस्यालले अन्या सांसदलाई शपथ खुवाउने हुन् ।
गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखेरलका अनुसा पुष १३ विहान ११ बजे ज्येष्ठ नागरिकलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाउने छन् । शपथ कार्यक्रम दिउँसो १ बजे भए पनि सांसदलाई विहान ११ बजे सचिवालय बोलाउने तयारी भएको उनले बताएका छन् । उनका अनुसार माननीयहरुको फोटो खिचाउने काम, व्यक्तिगत फारम भर्ने काम बाँकी नै छ । यस्तै, निर्वाचन आयोगबाट लिएको प्रमाणपत्रको फोटोकपी पनि लिनुपर्ने भएकाले छिट्टै बोलाइने तयारी भएको उनले बताएका छन् । यस्तै, शपथ लिन आउदा सांसदले नागरिकता प्रमाणपत्रको फोटोकपी, दुई प्रति फोटो र निर्वाचन आयोगले दिएको निर्वाचित प्रमाणपत्र ल्याउनुपर्ने छ । गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणलीबाट ३६ र समानुपातिक निर्वाचन प्रणलीबाट २४ गरी ६० सांसद छन् । -

स्वर्गीय गँगाप्रसाद शर्माको सालिक अनावरण
समाजसेवी स्व गंगाप्रसाद शर्माको सालिक अनावरण गरिएको छ । स्याङ्जाको आँँधीखोला गाउँपालिका–५ मा शर्माको सालिक एक कार्यक्रमबीच अनावरण गरिएको उनका छोरा जयराम पौडेलले जानकारी दिए ।
१९८५ असार २४ मा जन्मिएर शर्मा आँधीखोला–५ सेतीदोभानमा ६ दशकसम्म नागरिकको औषधोपचार कार्यमा संलग्न थिए । सोही अवसरमा गंगाप्रसादको योगदानलाई चिरकालसम्म जिवन्त राख्ने उद्देश्यले उनकी धर्मपत्नी भागीरथीदेवी समेतको नाममा छोराहरूले भागीरथी गंगा कोषको स्थापना गरेको घोषणा गरेका छन् । शर्माको ९५ औं जन्मजयन्तीको अवसरमा सो भागीरथी गंगा कोषको स्थापना गरिएको हो ।
विपन्न वर्गलाई औषधी उपचारमा सहयोग गर्ने, विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तथा कल्याणकारी क्रियाकलाप संचालन गरी सामाजिक न्याय स्थापनामा सहयोग पुयाउने उद्देश्यका साथ यस कोषको स्थापना गरिएको जयरामले बताए ।