Category: प्रदेश

  • कान्तिपुर डेण्टल कलेजले एसईई दिएर बसेका विधार्थीकाे भेला गर्दै

    कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कूल अफ डेन्टिष्टीले साउन ७ गते “Technical Educational Fair and Career Counselling” को जानकारी गराउने उदेश्ले एसईई दिएर बसेका विधार्थीकाे भेला गर्ने भएकाे छ । प्रेस विज्ञप्ति मार्फत उक्त सूचना सार्वजनिक गरेकाे छ ।

    विज्ञप्तिमा भनिएकाेछ, ‘हाल एसईई परीक्षा दिएर बसेका कतिपय विद्यार्थी यसपछि के विषय अध्ययन गर्ने वा कुन पेशालाई अंगाल्ने भन्ने विषयमा अन्योल मा छन् । कतिपय अविभावकहरु समेत आफ्ना बाल बच्चाहरुलाई सहि दिशा देखाउन असमर्थ छन् । यसै विषयमा केन्द्रित भएर यस शिक्षालयहरुले विद्यार्थीहरुलाई प्राविधिक स्वास्थ्य शिक्षाको जानकारी दिने मनसायका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

    यस कान्तिपुर डेन्टल कलेजले दन्त स्वास्थ्य विषयमा काठमाण्डौं विश्वविद्यालयको सम्बन्धनमा दन्त स्वास्थ्य विषयको स्नातक तथा स्नातकोत्तर तहको कार्यक्रम र प्राविधिक शिक्षा तथा व्यवसायिक तलिम परिषद (CTEVT) को सम्बन्धनमा सर्टिफिकेट इन डेन्टल साइन्स तथा डिप्लोमा इन फार्मेसी कार्यक्रम संचालन गरिरहेको छ । जसमा सर्टिफिकेट इन डेन्टल साइन्स तथा डिप्लोमा इन फार्मेसी कार्यक्रम एसईई पछि अध्ययन गर्ने विषय हो ।

    यस कार्यक्रमको मुख्य आकर्षण एसईई दिएर बसेका विद्यार्थीहरुलाई प्राविधिक स्वास्थ्य शिक्षाको जानकारी दिने र साथसाथै दन्त स्वास्थ्य सम्बन्धी जानकारी दिने रहेको छ भने यसलाई मनोरंजनात्मक तवर ले पेश गर्नको लागि प्रोजेक्ट प्रदर्शन, दन्त तथा फार्मेसी उपकरण प्रदर्शन, कला प्रदर्शन, अन्य आकर्षणहरु जस्तै फुड स्टल, गेम स्टल, फेस पेन्टिङ्ग, फोटो बुथ आदि रहने कार्यक्रम संयाेजक शम्भुप्रसाद जोशीले जानकारी दिए ।

  • घरायसी विवादले दाईको मृत्यु

    स्याङ्जाको भीरकोट नगरपालिकामा घरायसी विषयमा भएको सामान्य विवादले ४५ वर्षिय श्यामबहादुर रोकाको मृत्यु भएको छ । भीरकोट–३ रिजुका श्याम र सोही ठाउँका ५० वर्षिय यामबहादुर छिमेकी दाजुभाई हो । बुधबार दिउँसो पिडिँमा गफ गरेर बसेका उनीहरु एक्कासी विवाद हुदाँ यामले श्यामलाई पिडिँवाट आँगनमा धकेलेर खसालिदिएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
    उनका अनुसार विवाद कुन विषयमा भएको थियो भन्ने जानकारी भएन् । ‘छलफल हुदाँ के विषयमा भएको थियो भनेर बुझ्न अर्को तेस्रो व्यक्ति सहभागी नभएकाले थाहा भएन् । अनुसन्धान हुदैँ छ कारण खुल्दै जाला’ उनले भने । घाइते श्यामलाई उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलुमा लगिएको थियो । उपचारको क्रममा उनलाई चिकित्सकले मृत्त घोषण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यामलाई सोही दिन पक्राउ गरि वडा प्रहरी कार्यालय वालिङमा राखी विहीवार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको विषय ठूलो नभएको बताएको छ । ‘विषय ठूलो हुन्थ्यो भने हातहतियार पनि साथमा हुन्थे भन्ने अनुमान हो’ डीएसपी खनालले भने ।

  • गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई काेराेना संक्रमण

    गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई काेराेना संक्रमण

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टी भएको हो ।
    उनलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा साेमबार बिहानबाट हल्का ज्वरो आएको थियो । साेमबार नै उनले चिकित्सकसँग परामर्श लिएर मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो ।
    चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
    कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उनले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।

  • जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

    १३ वर्षिया नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा–५ लव्लीडाँडा लगी ललाईफकाई जवरजस्ती करणी गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका–६ घर भई हाल पोखरा–१३ बस्ने २४ वर्षिय कोखिमबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार राती १० बजेको समयमा जवरजस्ती करणी गरेको आरोप पीडितको छ ।
    विकलाई कास्कीबाट खटिएको प्रहरीको टोलीले शनिवार विहान पौने चार बजेट पक्राउ गरि आइतबार जिल्ला अदालत कास्कीमा जवरजस्ती करणी मुद्दा दर्ता गरि १० दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

  • एटीएम मेसिन फोर्न खोज्ने व्यक्ति पक्राउ

    एटीएम मेसिन फोर्न खोज्ने व्यक्ति पक्राउ

    पोखरा–८ न्यूरोडस्ति एनआईसी एशिया बैंको एटीएम मेसिन फोर्न खोजेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुकुम घर भई पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षिय नरेश पुन मगर पक्राउ परेका हुन् । उनले शुक्रबार एटीएम फोर्न लागेका थिए । प्रहरीले शनिवार पक्राउ गरि आइतबार जिल्ला अदालतमा चोरी उद्योग मुद्दामा ५ दिनको म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

  • महिलालाई डालेघाँसका बिरुवा

    महिलालाई डालेघाँसका बिरुवा

    स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्रका ७२ जना सीमान्तकृत र विपन्न महिलालाई डाले घाँसको विरुवा वितरण गरिएको छ । युएनडिपी र पुतलीबजार नगरपालिकाको साझेदारी एवं आस्क नेपालको सहजीकरणमा सञ्चालन भैरहेको अस्थाई आधारभुत आय (टिबिआई प्रयास परियोजना अन्तरगत) बिरुवा वितरण गरिएको छ ।
    नपाको आन्तरिक कोषमार्फत बाख्रा पालन सम्बन्धि प्राविधिक तालिम साथै औजार सामाग्री समेत प्राप्त गरी बाख्रा पालन व्यवसाय विस्तार गरेका ७२ जनालाई डिभिजन वन कार्यालय स्याङ्जा तथा सब डिभिजन वन कार्यालय पुतलीबजारको सहयोगमा राईखनियो, टाँकी, भट्टमासे, ईपिल ईपिल, कोईरालो लगायतका करिव २३०० बिरुवा बितरण गरिएको र यसले बाख्रा पालन व्यवसाय बिस्तार हुँदै गर्दा भविष्यमा आवस्यक पर्ने दिगो र पोषिलो आहारामा सहयोग पुग्ने विश्वास लिएको आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका कार्यकारी निर्देशक हरीप्रसाद ढकालले जानकारी दिए ।
    यसरी डालेघाँसका विरुवा प्राप्त गर्ने लगायत २९३ जना विपन्न महिला कृषकहरुलाई यस अघिनै बित्तीय तथा उद्यमशिलता साक्षरता, घरभेट र परामर्श, बाख्रा पालन सम्बन्धि प्राबिधिक तालिम, औजार सामाग्री सहयोग साथै छनौटमा परेका २०० जनालाई युएनडिपीबाट प्रतिपरिवार २७ हजार रुपैँया सोझै लाभग्राहीको बैंक खातामा उपलब्ध गराईसकिएको छ भने पुतलीबजार नगरपालिकाले २९३ जना नै विपन्न महिला घरपरिवारको १ बर्षको स्वास्थ्य विमा समेत निशुल्क गरिदिएको छ ।

  • भ्रष्टचाार मुक्त र सुशासनसहितको पालिका

    अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जनताको सेवा नै धर्म भएको बताएका छन् । गापाले गरेको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोलेका कामलाई पुरा गर्ने बताउँदै उनले भ्रष्टचाार मुक्त र शुुसासनसहितको पालिका बनाउन आफु लागेको बताए । तिवारीले भर्खर चुनाब जितेर आएको र पाचँ बर्षमा घोषणा पत्रमा भएका कुरालाई पुरा गर्ने बताए ।
    निर्वाचन सकिएसँगै बजेट बनाउँने समय आउदाँ जनताकोमा पुगेर बजेट बनाउन नसकेको बताउँदै तिवररीले वडाका जनप्रतिनिधी भने जनताको गएको बताए । साना योजनालाई पालिकाले प्राथमिकता नदिएको बताउँदै तिवारीले परिणाम नभई गुणस्तरमा ध्यान दिने बताए । प्राबधिकले गलत मुल्याङकन गरेरमा बाहिरका ल्याएर गुस्तर नाप्ने बताउँदै तिवारीले हरेक नागरिककोमा पुग्ने गरी बजेट बिनियोजन भएको दाबी गरे ।
    कसैसँग सम्झौता गरेर निर्माण, योजना बिनियोजनमा नलाग्ने बताउँदै तिवारीले केहि समय कामलाई हेर्न आग्रह गरे । पालिकामा भएका खर्च कति भयो जनताले जान्न पाउने बताउँदै हरेक तीन महिनामा सामाजिक संजालमार्फत सार्वजनिक गर्ने बताए ।
    असक्क्तलाई घर घरमा पुगेर स्वास्थ्य सेवा दिने र पुराना जनप्रनिधीले गरेका कामलाई पनि निरन्तरता दिने तिवारीको भनाई थियो । कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ्ले रचनात्मक सुधार गर्दै अगाडी बढ्ने पाचँ बर्षमा केहि गरेर देखाउने बताए । शिक्षा र स्वास्थ्यका कारण बसाईसराई बढेको र रोक्ने प्रयास पालिकाले गर्ने उपाध्यक्ष गुरुङ्ले बताइन् ।
    सुनुवाईमा प्रमुख प्रसासकिय अधिकृत उज्जल बहादुर बस्नेतले अगिल्लो बर्षमा एक सय ९७ वटा योजना रहेकोमा १० वटा मात्र काम नभएको बताए । पालिकामा प्रगतिको हिसाबले ९५ प्रतिशत रहेको बस्नेतको भनाई थियो । २४ जनाले गुनासो गरेको सार्वजनिक सुनुवाईमा पाचँ बर्षमा नमुना पालिका बन्ने गरी काम गर्न जनप्रतिनिधीलाई आग्रह गरेका थिए ।

  • पूर्वमेयर भुपराज अधिकारीलाई गर्यो पार्टीले कारबाही

    पूर्वमेयर भुपराज अधिकारीलाई गर्यो पार्टीले कारबाही

    स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी पार्टीको कारबाहीमा परेका छन् । पार्टीको अन्तरसंघर्षमा सक्रिय नेकपा एमाले स्याङ्जाका नेतासमेत रहेका अधिकारीलाई जिल्ला पार्टी कार्यालय स्याङ्जाले शनिवार कारबाही गर्ने निर्णय गरेको हो ।
    पार्टीभित्रका बेथिति र विसंगतिका विरुद्व सक्रिय अधिकारी पार्टीभित्र निति र विधि बसाल्न सक्रिय नेताको रुपमा चिनिन्थे । उनलाई गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुइ पटक संसद विघटन गर्दा त्यसको विपक्षमा उभिएका अधिकारी पार्टी विभाजन पछि पनि अन्तरसंघर्ष कायमै राख्दै एमालेमा रहेका थिए । संविधान र विधि विपरित कोही पनि जान नहुने मान्यता राख्ने अधिकारी पार्टी विभाजन गर्नु उचित नहुने भन्दै एमालेमा नै रहे ।
    पार्टी विभाजनले कसैलाई फाइदा नहुने बरु पार्टीभित्रै बसेर खराब कुराहरुको भण्डाफोर गर्दै विधिमा पार्टीलाई लैजानुपर्ने बताउँदै आएका अधिकारी कारवाहीमा परेपछि स्याङ्जा एमालेका इमान्दार कार्यकर्ताहरु आक्रोशित बनेका छन् । अधिकारीलाई पदिय जिम्मेवारीबाट ६ महिनाका लागि निलम्वन गरिएको जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस)ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गत निर्वाचनमा पार्टीबाट गैह्रेलाई नै गल्याङ नगरपालिकाको नगरप्रमुखमा उम्मेद्वार बनाउने निर्णय भएपछि पनि अधिकारीले सार्वजनिक कार्यक्रमहरुमा सातै सुर्य चिन्हमा भोट हाल्न पार्टी पङ्तीलाई आग्रह गरेका थिए । तर गैह्रे निर्वाचनमा पराजित भएपछि अधिकारीबाट अन्तरघात भएको आरोप लगाइएको हो ।
    पार्टीमा अन्तरसंघर्ष भई विभाजनको संघारमा हुँदा एमालेकै केही नेताहरुले अधिकारी समाजवादीमा जाने अड्कल काटेका थिए । समाजवादीमा गएको भए पुनः नगरप्रमुखमा विजयी हुने सुनिश्चित हुने भए पनि अधिकारीले पार्टी विभाजन गर्न नहुने भन्दै एमालेमा बसिरहे । गठबन्धनमा रहेका दलहरुले जहाँ जसले जितेको छ, त्यहाँ अर्को पार्टीले उम्मेद्वार नदिने गठबन्धन दलहरुबीच सहमति भएको थियो । जस अनुसार गल्याङ नगरपालिकामा समाजवादीबाट भुपराज अधिकारी उम्मेद्वार भएको भए नेपाली काङ्ग्रेस तथा माओवादी केन्द्रको उम्मेद्वार नै नभई उनले सजिलै जित्ने आधार बन्ने विश्लेषकहरु बताउँछन् । तर, एमाले जोगाउन भन्दै एमालेमा नै रहेका र खराब प्रवृत्तिको विरोध जारी राखेका अधिकारी अहिले भने कारवाहीमा परेका छन् ।
    अधिकारी कारवाहीमा परेपछि सामाजिक सञ्जालहरुमा स्याङ्जामा एमालेलाई थप संकट पर्ने भन्दै धेरै एमाले कार्यकर्ताहरुले नै चिन्ता व्यक्त गरेका छन् । कारवाहीमा परेका अधिकारीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । ‘अहिले म यस विषयमा केही भन्न चाहान्न’ उनले भने । कृषि, खानेपानी, स्वास्थ्य पूर्वाधार लगायतका क्षेत्रमा अधिकारीले गल्याङ नगरप्रमुख हुँदा गरेको कार्यले उनी गल्याङवासीबाट रुचाइएका नेतामा पर्छन् ।

  • फोहोर ब्यवस्थापनमा युवाको चाँसो

    फोहोर ब्यवस्थापनमा युवाको चाँसो

    ब्यवस्थापन केन्द्र बनेर ब्यवपस्थित हुन नसकेको अर्जुन चौपारी गाउँपालिका बजारको फोहोर ब्यवस्थापनमा युवाले चाँसो देखाएका छन् । एक बर्ष पहिला ७५ लाखको लागतमा फोहोर ब्यवस्थापन केन्द्र बनेपनि बजारमा संकलन भएको फोहोर केन्द्र बाहिर र सडकमाा फालिएको थियो ।
    पुरानो जनप्रतिनिधीले टोल टोलमा एक ट्याक्टरको ५० प्रतिशत आर्थात दुई हजार दिने गरी छ महिना पहिला ब्यवस्थापन केन्द्रमा फाल्ने सम्झौता भएको थियो । सम्झौता अनुसार फोहोर ब्यवस्थापन हुनुपर्नेमा बाटो र केन्द्र बाहिर सयौ ट्याक्टर फोहोर फालिएपछि स्थानियले जनप्रतिनिधीलाई बिरोध गरेपछि पालिकासगँ समन्वय गर्दै ब्यवस्थापन गरेको युवा नरेश रोकाले बताए ।
    समस्याको निराकरण गर्ने भन्दा पनि सामाजिक संजाल मार्फत दोषारोपण मात्रै गर्ने ब्यबहार देखिएपछि युवाहरु पुगेर ब्यवस्थापन गरेको रोकाले बताए । वडा अध्यक्ष, स्थानिय १५ जना युवाले डोजरको प्रयोग गरेर अब्यवस्थित ढंगले फालेको फोहोर ब्यवस्थापन गरिएको हो । सोच बदलौ, समाज बदलौ, जागौ उठौ युवा भन्ने नारा लिएर अर्जुनचौपारी गाउँपालिकालाई फरक शैलीबाट बिकासको बाटोमा लान उर्जा थप्ने हेतुले फोहोरको ब्यवस्थापन गरेको रोकाले बताए ।
    युवाहरुको टोलीले जल्ने फोहोलाई जलाएर र सिसालाई डोजरको माध्यमबाट खाडल खनेर छ घण्टाको प्रयासमा ब्यवस्थापन गरेको हो । तत्कालका लागि समस्या निराकरणका गर्न युवाको प्रयासलाई धन्यबाद दिदै पालिका अध्यक्ष प्रकाश तिवारीले दिर्घकालिन रुपमा फोहोर ब्यबस्थापनमा पालिकाले फरक शैली बनाएको बताए । कुहिने र नकुने छुट्टाएर फोहोरको छुट्टाएर मात्र संकलन हुने बताउदै तिवारीले तिवारीले नकुहिने सिसालाई फरक संकलन गरिने बताए ।
    लाखौ खर्च गरेर निर्माण भएको फोहोर ब्यवस्थापन केन्द्र प्रयोगमा आउने बताउँदै तिवारीले युवाकै माध्यमबाट फोहोरलाई आर्थिक आर्जन गर्ने बताए । फोहोर ब्यबस्थापनको जिम्मा लिएर सम्बन्धित ठाउँमा नपुराई बाटो र सडकको छेउछाउमा लगेर फालिएको र सम्बन्धित ठाउँमा नपुराई छाड्ने साधनको सम्झौता रकम पालिकाले रोक्का समेत गरेको प्रमुख प्रसासकिय अधिकृत उज्वल बस्नेतले बताए ।

  • गण्डकीको बजेट बहुमतले पारित

    गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सभाको विहीवार बसेको वैठकले आर्थिक वर्ष २०७९–८० को बजेट पारित गरेको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बैठकमा बजेट पारित गर्न निर्णयार्थ प्रस्तुत गरेका थिए ।
    प्रस्तावलाई सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले समर्थन जनाएपछि बजेट बहुमतले पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । यसअघि नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले फेल भएको थियो । उनले राखेको प्रस्तावको विपक्षमा बहुमत पुगेकाले सभामुख नेत्रनाथ अधिकारीले खर्च कटौतीको प्रस्ताव फेल भएको घोषणा गरेका थिए ।
    वित्त आयोगले १२ प्रतिशत भन्दा बढी ऋण नलिन दिएको निर्देशन पालना नगरेको, मुख्यमन्त्री र मन्त्रीहरुको मातापिताको नाममा छुट्याइएको बजेटलगायतका कारण बजेट धेरै भएको भन्दै एमाले प्रमुख सचेतक अधिकारीले खर्च कटौति गर्न प्रस्ताव गरेका थिए । प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा एमाले सांसदहरुले समर्थन जनाए पनि बहुमत नपुगेपछि प्रस्ताव फेल भएको थियो । बजेट पारित अघि अर्थमन्त्री बरालले बजेटका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिएका थिए । आगामी वर्षको लागि अर्थमन्त्री बरालले असार १ को प्रदेश सभा वैठकमा ३५ अर्व ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि असार २० देखी छलफल सुरु गरिएको थियो ।
    बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट आवश्यकताको सिद्धान्तका आधारमा बनाइएको जिकीर गरे । यसअघि विभागीय मन्त्रीहरुले सम्बन्धित मन्त्रालयबारे उठेका प्रश्नहरुको जवाफ दिएका थिए । संसदमा बोल्दै अर्थमन्त्री रामजीप्रसाद बरालले वैज्ञानिक ढंगबाट बजेटको बाँडफाँट गर्ने प्रयास गरिएको बताए । उनले गठबन्धन सरकार भएकाले सोंचेजस्तो बजेट ल्याउन नसकिएको स्वीकारे ।