केपी शर्मा ओलीको सरकार ढल्यो, पाएनन् विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्।  जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावकोफ मत दिन्न भन्नेमा १५ मत परेको छ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *