संखुवासभा हत्याकाण्डको इटहरीमा गरियो सामूहिक अन्त्येष्टि

संखुवासभा मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा हत्या गरिएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।
बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकेर ६जनाकै शव अन्त्येष्टि गरिएको मृतकका आफन्त बिक्रमकुमार कार्कीले जानकारी दिए।
शव इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्त्येष्टि गरिएको उनले बताए।
मृतक तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किएका थिए। उनी कान्छो छोरा हुन्। जेठा छोरा रमेश भने मलेसियामा छन्।
सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको शव फेला परेको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृत अवस्थामा फेला परेका थिए।
तर अहिलेसम्म कसले र किन हत्या गरेको हो भन्ने खुलिसकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी को टोली अनुसन्धानमा खटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *