बाढीपहिरो पीडितलाई उद्धार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीले दिए गृहमन्त्रीलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बाढीपहिरो प्रभावितको उद्धार गर्न निर्देशन दिएका छन्।
गत शनिबारदेखि देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। खोला तथा नदीहरूमा बाढी आएका छन्। महाकाली र सेतीलगायत नदीले कटान गरेको छ भने बस्तीमा बाढी पसेको छ।
प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाणलाई निर्देशन दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *