एमाले महाधिवेशनको लोगो सार्वजनिक,

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन्।
लोगोमा एमालेको चुनाव चिन्ह सूर्य राखेको छ भने छेउमा उभिएको एकसिङे गैंडाले हातुमा हसियाँ हथौडा अंकित झण्डा बोकेको छ।
पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सिष्टमबारे जानकारी गराएका थिए।
एमालेको राष्ट्रिय महाधिवेशन मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *