पोखरा महानगरपालिका–६ खहरेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाइकल आज बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायतको मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा आज बिहान ४ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
छुटाउनुभयो कि
संघीयताविरोधी अभिव्यक्ति नदिन मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । संघीयताविरोधी अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी समेत दिएका छन्…
विश्वासको मत लिदै मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले सम्पूर्ण तयारी गरेको…
धम्पुस–लाचोक सडक कालोपत्र गर्न ठेक्का
कास्कीको माछापुुच्छ्रे गाउँपालिकास्थित धम्पुुस–ल्वाङ–लाहाचोक सडक कालोपत्र गर्न यसै वर्ष ठेक्का लगाउने तयारी भएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार…