सत्तारुढ माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की क्षेत्र नम्बर तीनको प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार दिउ“सो उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की क्षेत्र नम्बर तीनमा पा“च दलिय गठबन्धनको तर्फवाट माओवादी केन्द्रका रामजीप्रसाद बराल उम्मेदवार हुन् । पार्टीले सम्बोधन नगरेको भन्दै उनले उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै एमालेका जगन्नाथ बास्तोलाले पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेले प्रतिनिधिसभा कास्की तीनमा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ । वैरागीले विहान ११ बजे उम्मेदवारी दर्ता गरेपछि बास्तोलाले दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी, माओवादीका बरालले पनि ४ बजे उम्मेदवारी दर्ता गराएका छन् ।
छुटाउनुभयो कि
स्याङ्जा सहकारी घोटला : पालिका अध्यक्ष फरार, तीन जना पक्राउ
जिल्ला अदालत स्याङ्जाले बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुवँरसहित तीन जनालाई अनुसन्धानको लागि पक्राउ गर्न अनुमति दिएको थियो । यतिबेला पालिका…
निर्वाचन आयाेग भन्छ : तयारी पूरा
निर्वाचन आयाेगले आगामी २१, फागुनमा हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे तयारी पूरा भएकाे जनाएकाे छ । मंगलबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा…
राष्ट्रिय गौरवका आयोजना : अबौँको खर्च, काम कछुवा गतिमा
सरकारले मधेसको बाटोलाई स्तरोन्नति गरी पूर्व पश्चिम जोड्ने वैकल्पिक मार्गको रुपमा विकास गर्न एक दशक अघि ‘हुलाकी राजमार्ग’ निर्माण थाल्यो…