३३ सांसदको समर्थनमा एमालेका अधिकारीद्धारा मुख्यमन्त्रीका लागि दाबी पेस

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि सोमबार दाबी पेस गरेका छन् । अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसदकाे १ गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार अपराहन्न ४ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए । अधिकारीले २ बजेर ३६ मिनेट जादा दावी पेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *