फेदीखोला समाजका सदस्यलाई मनिपाल हस्पिटलमा छुट

वृहत फेदीखोला पोखरा सम्पर्क समाज र मनिपाल शिक्षण अस्पताल विच मंगलबार उपचारमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
सहमति पत्र पोखरा मणिपाल शिक्षण अस्पताल र बृहत फेदीखोला पोखरा सम्पर्क समाज बिचस्वास्थ्य परिक्षण गर्ने सम्बन्धि सहमति पत्र अस्पतालका कार्यकारी प्रमुख अनिल ओडूविल र बृहत फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष जगदिश लामिछाने विच पोखरा मणिपाल शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य सेवामा सुबिधा प्रदान गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता पत्रमा २०८० पौष ३ गते देखि २०८१ पौष २ गतेसम्म समाजमा र्कायरत कर्मचारी र परिवारका सदस्य, आजिवन सदस्यहरुलाई दर्तामा सत् प्रतिसत छुट, सामान्य बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत त्यसैगरी न्यूरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्यचिकित्सा (अपरेसन) मा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशत छुट र डाक्टरको परामर्शमा कुनै शुल्क नलाग्ने उल्लेख गरिएको छ ।
सो अवसरमा हस्पिटलका कृष्णमोहन श्रेष्ठ, समाजका कार्यक्रम संयोजक प्रेम सागर पौडेल, सचिव मिनप्रसाद सुवेदी, कोषाध्यक्ष राजकुमार क्षेत्री लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *