त्रिभुवन विश्वविद्यालय : प्रादेशिक विश्वविद्यालयको अवधारणामा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपालकै पहिलो र ठूलो विश्वविद्यालय हो । त्रिवि पहिलोपटक प्रादेशिक संरचनामा जाने भएको छ । पुनःसंरचना गर्दै सवै प्रदेशमा प्रादेशिक विश्वविद्यालय खोल्ने योजना अघि सारेको हो । यसको सुरुवात गण्डकी प्रदेशको राजधानी पोखराबाट गर्ने योजना तय भएको पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक अमृत भण्डारीले जानकारी दिए ।

त्रिविले पोखरामा आयोजना गरेको कार्यशालामा गण्डकी प्रदेशको पृथ्वीनारायण क्याम्पसलाई प्रादेशिक विश्वविद्यालयका रुपमा अघि बढाउन तयारी थाल्ने र उपाधि प्रदान गर्ने संस्थाका रुपमा अघि बढाउने निर्णय गरेको बताइएको थियो ।

त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले यसो गर्दा त्रिविको सेवा प्रवाहलाई सरलीकरण गर्ने, विद्यार्थीले प्राप्त गर्नुपर्ने सबै सेवा, सुविधालाई नजिकैबाट उपलब्ध गराउने, दीक्षान्त समारोहमा सबै विद्यार्थी उपस्थित हुने अवस्था बन्ने बताए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले विश्वविद्यालयको परिवर्तन र रुपान्तरणका लागि आँट गर्न पदाधिकारीहरुलाई आग्रह गरे ।

त्रिविका पूर्व उपकुलपति प्राडा केशरजंग बरालले यो अवधारणा पृथ्वीनारायण क्याम्पसमा लागू हुँदा कैयौ विद्यार्थीले सेवा, सुविधा प्राप्त गर्ने र पूरै गण्डकी प्रदेश लाभान्वित हुने बताए । ‘एउटा ट्रान्सक्रिप लिन जादा कति झन्झट व्यहोर्नुपर्छ’ विद्यार्थी सन्तोष न्यौपाने भन्छन, ‘प्रदेशबाटै सेवा पाउने हो भने विद्यार्थीलाई धेरै सहज हुनेथियो ।’ देशमा संघीयता कार्यान्वयन भइसक्दा पनि विद्यार्थी कागजातको लागि संघीय राजधानी धाउनुपर्ने बाध्यता रहेको उनी सुनाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *