प्रतिनिधिसभा निर्वाचन: ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए ।

फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *