धादिङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । २५ जना घाइते भएका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *