बिरुवामा एमालेकाे चुनावी सभा हुने, पूर्वगृहमन्त्री थापाले सम्बोधन गर्ने

स्याङ्जाको बिरुवा गाउँपालिकामा नेकपा एमालेकाे बृहत् चुनावी सभा आयाेजना हुँदै छ । नेकपा एमाले चुनाव परिचालन कमिटि बिरुवा गाउँपालिकाले भेलाकाे आयाेजना गरेकाे हाे । बिरुवा गापा अध्यक्ष एंव् निर्वाचन परिचालन समितिका संयाेजक प्रकाश थापाले पालिकास्तरीय कार्यक्रम भए पनि जिल्लाकाे जस्तै भव्यरूपमा सभाकाे आयाेजना गरिने प्रतिपत्रलाई जानकारी दिए ।
कम्युनिस्टकाे लाल किल्ला भनेर चिनिने विरूवालाई अझै बलियाे बनाउने उदेश्यले कार्यक्रम आयाेजना गरिएकाे थापाले बताए । चुनावी सभालाई एमाले उपाध्यक्ष एवम् पुर्व गृहमन्त्री रामबहादुर थापाले सम्बाेधन गर्नेछन् । यसैगरी गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीसहितका नेताहरूले चुनावी प्रचारप्रसार तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
कार्यक्रममा पूर्वमन्त्री तथा एमाले पार्टी सचिव पद्माकुमारी अर्याल पनि सहभागी हुनेछिन् ।
उक्त कार्यक्रम चुनाव लक्षित अभियानअन्तर्गत आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ता सहभागि हुनेछन् । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन जित्न बिरुवा क्षेत्रकाे मुख्य भूमिका रहदै आएकाे छ ।
यस कार्यक्रमले स्याङ्जा जिल्लामा एमालेको चुनावी माहोल थप तात्ने विश्वास एमालेले गरेको छ । स्याङ्जा १ मा एमालेबाट मीनप्रसाद गुरूङ उम्मेदवार रहेका छन् भने, रामबहादुर थापा समानुपातिक उम्मेदवार रहेका छन् । मीनप्रसाद गुरूङ बिरुवा क्षेत्रमा बलियाे उम्मेदवारकाे रूपमा चिनिन्छन् । राजनीतिसँगै बैंकिङ क्षेत्रमा पनि क्रियाशील रहेका गुरूङ शिक्षा, अनुभव र इमानदारीतालाई आधार मानेर यस क्षेत्रले अघि सारेकाे छ । स्याङ्जाको दिगाे विकास र सकरात्मक परिवर्तन र समृद्ध भविष्यकाे लागि स्याङ्जामा मीनप्रसादलाई हेरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *