चुनाव प्रचारमा हिडेंका गाडीमा तोडफोड

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीमा नेकपा एमालेको चुनावी प्रचारमा प्रयोग भएका २ वडा गाडी तोडफोड भएको छ।

एमाले कास्की क्षेत्र नं १ का उमेदवार बैनबहादुर क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएका २ वटा गाडी तोडफोड भएको हो ।

मादी गाउपालिका-११ उपल्लो साप्लेमा गाडी तोडफोड भएको एमालेले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीका शिशा फुट्नुको साथै गाडीमा सामान्य क्षति भएको छ । ग ४ प १०१५ नम्बरको हाइलेण्डर र बा ९ च ८९२८ नम्बरको फर्चुनर गाडी तोडफोड भएको हो ।

नेपाली कांग्रेस निकट तरुण दलका कार्यकर्ता रिदम गुरुङको नेतृत्वमा गएको समूहले ढुङ्गा हानी गाडी तोडफोड गरेको नेकपा एमाले मादी गाउँपालिकाका अध्यक्ष सुवास सापकोटाले जानकारी दिए ।

साप्लेमा चुनावी कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएका सवारी तोफोड भएको सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *