Thursday, १५ October २०२६
समाज

आस्थाकै आधारमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन्

आस्थाकै आधारमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन्

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकोरुपमा सरुवा भएर आएका राजीव रिमाललाई सोमबार हाजिर गर्न नदिई फिर्ता गरिएको छ । राजनीतिक आस्था नमिलेका कारण उनलाई हाजिर गर्न नदिइएको पालिका स्रोतले जनाएको छ ।

सोमबार कार्यालय पुगेका रिमाललाई काज फिर्ता गरिएको पत्र हातमा थमाउदै फिता गरिएको हो । रिमाल कार्यालय पुगे पछि कार्यकक्षमा बस्न नपाएपछी सोमबार बेलुका पोखरा फर्किएका हुन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले संघिय मामिला तथा प्रशासन मन्त्रालयमा नै काज फिर्ता गरिएको पत्रमार्फत जनाएका छन् ।

पत्रमा भनिएको छ, ‘तीन तहको सरकारमध्ये सवैभन्दा बढी प्रत्यक्षरुपमा जनतासंग जोडिएको सरकारसंग सल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो गम्भिर आपत्ति रहेकोले मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकाले उहा“लाई हाजिर नगराई फिर्ता पठाइएको व्यवहोरा जानकारी गराइन्छ ।’

प्रशासन मन्त्रालयले रिमाललाई भदौ ४ गते प्रप्रअको जिम्मेवारीमा खटाएको थियो । रिमाल इन्जिनियरिङ सेवामार्फत अधिकृतमा नाम निकालेपछि पहिलोपटक कालीगण्डकीको जिम्मेवारी पाएका हुन् । रिमाल लोकसेवा पास हुनुअघि कुश्मा नगरपालिकामा आइटी इन्जिनियरकोरुपमा कार्यरत थिए । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एमाले निकट हुन् ।