कपनबाट फरार अभियुक्त पुनः पक्राउ, खैरो हेरोइनसहित नियन्त्रणमा

[post-views]

Share this post :

Facebook
Twitter
WhatsApp

लागूऔषध सम्बन्धी कसूरमा कारागारमा रहँदै फरार भएका एक अभियुक्तलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

जिल्ला सिन्धुली, कमलमाई नगरपालिका–४ घर भएका २८ वर्षीय चेत बहादुर रम्तेललाई काठमाडौं महानगर क्षेत्रबाट पक्राउ गरिएको हो। उनी मिति २०८२ भदौ २४ गते सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएका थिए ।

प्रहरीका अनुसार मिति २०८२ चैत ७ गते अपराह्न करिब ३:०० बजे काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित उनलाई पुनः पक्राउ गरिएको हो ।

प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले रम्तेललाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २.३८ ग्राम, नगद रु. ७७,०००, दुई थान मोबाइल र एक डिजिटल तराजुसहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका रम्तेलमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *