रास्वपा संसदीय दलको नेतामा बालेन

Share this post :

Facebook
Twitter
WhatsApp

विहीवार बसेको रास्वपा संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेको छ । वैठकले सर्वसम्वत रुपमा दलको नेता चयन गरेको हो । नेता चयन भएसँगै बालेनलाई अव प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खुलेको छ ।

संविधानको धारा ७६को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भनिएको छ । उसकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने छ भनिएको छ ।

२१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा दुई तिहाइ नजिक मत ल्याउँदै पहिलो दल बनेको थियो । रास्वपासँग सहज बहुमत भएकाले राष्ट्रपतिले उनलाई धारा ७६ को उपधारा १ अनुसार प्रधानम्त्री नियुक्ति दिँदै भोलि शुक्रबार शपथ खुवाउने कार्यसूची रहेको छ । यसअघि रास्वपाको केन्द्रीय समितिको बैठकले सर्वसम्वत रुपमा शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको प्रस्ताव पार्टी सभापति रवि लामिछानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *