प्रधानमन्त्री बालेनले गरे सांसदहरूसँग छलफल

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री बालेन शाहले सांसदहरुसँग छलफल गरेका छन् । मन्त्रीहरूसँग छलफल गरेपछि सांसदहरूसँग छलफल थालेका हुन् । प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका थिए ।

मन्त्रीसँगको छलफलपछि प्रधानमन्त्री शाहले सोमबार प्रतिनिधि सभाका सांसदहरूसँग छलफल अघि बढाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न प्रदेशका सांसदहरूसँग छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *