प्रदेश सरकार सानो बनाउने प्रधानमन्त्रीको योजना: कांग्रेसले मुख्यमन्त्रीहरूलाई बोलायो छलफलमा

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रदेश संरचनालाई चुस्त र सानो बनाउने नीति अघि सारेपछि नेपाली कांग्रेसले त्यसलाई सकारात्मक रूपमा लिएको छ । सोही सन्दर्भमा कांग्रेसले आफ्ना मुख्यमन्त्रीहरूसँग छलफल गर्न आज दिउँसो १ बजे सानेपामा बैठक बोलाएको छ ।

बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री तथा संसदीय दलका नेताहरू सहभागी हुनेछन् । विशेषगरी कांग्रेस नेतृत्वमा रहेका मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको संख्या घटाउने विषयमा केन्द्रित छलफल हुने जनाइएको छ ।

पार्टीले मन्त्रालय संख्या ५ देखि ७ वटामा सीमित गर्दै फजुल खर्च कटौती गर्ने र प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने तयारी गरेको छ । प्रधानमन्त्री शाहले प्रशासनिक बोझ घटाउने अडान लिएको तथा जनस्तरबाट पनि खर्च कटौतीको दबाब बढ्दै गएपछि कांग्रेसले आफ्ना मुख्यमन्त्रीहरूसँग परामर्श गरी मन्त्रालय कटौतीको विषयलाई अन्तिम रूप दिने रणनीति बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *