स्याङ्जाको रामकोशमा बस दुर्घटना, चालकसहित तीन जना घाइते

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोशस्थित सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवलतर्फ जाँदै गरेको ग.१.ख. ९५६३ नम्बरकाे यात्रुबाहक बस दुर्घटना भएको छ।
दुर्घटनामा बसका चालकसहित तीन जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीमा २१ जना सवार थिए ।
दुर्घटनाको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *