नेपाल सरकारले बालबालिकाका लागि देशभर नि:शुल्करूपमा ९ प्रकारका खाेप प्रदान गरेकाे छ । आज वैशाख ११ देखि १७ सम्म विश्व खोप सप्ताह सुरु भएको छ । सरकारले देशभरका सबै स्वास्थ्य संस्थाबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोगविरुद्ध ९ प्रकारका खोपहरु निःशुल्क प्रदान गर्दछ ।
आफ्ना बालबालिकाको खोप कार्ड नियमित हेर्नुहोस्, छुटेका खोपहरू लगाउनुहोस् । खोप नि:शुल्क पाईन्छ, खोप सुरक्षित हुन्छ र खोपले जीवन रक्षा गर्छ ।
“पूर्ण खोप: सुरक्षित भविष्य”