“लिटिल स्टेप एसईई टुर्नामेन्ट २०८३” शुरू

पोखरा महानगरपालिका-८ सिमलचौरस्थित Little Step Secondary School मा आजदेखि “लिटिल स्टेप फर्स्ट एसईई टुर्नामेन्ट २०८३” शुरू भएकाे छ ।

टुर्नामेन्टमा १० जिल्लाका विद्यार्थी खेलाडी सहभागी छन् । यस कार्यक्रमले खेल क्षेत्रकै ठूलो विद्यालयस्तरीय खेल महोत्सवका रूपमा स्थापित भएको दावी गरिएकाे छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्राडा गणेशमान गुरूङले खेलकुदले अनुशासन, आत्मविश्वास र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीलाई पढाइसँगै खेलमा सक्रिय हुन प्रेरित गरे । “खेलकुदले हार-जीत भन्दा माथि उठेर जीवनका मूल्य सिकाउँछ,” उनले भने ।

प्राडा गुरूङले खेल गतिविधिले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने उल्लेख गरे । “पढाइसँगै खेलकुदमा सक्रियता बढाउन सके विद्यार्थीको समग्र विकास सम्भव हुन्छ,” उनले थपे ।

प्रतियोगितामा ६० भन्दा बढी फुटसल टोली, ४४ बास्केटबल टोली, २६ भलिबल टोली सहभागी छन् भने चेस र टेबल टेनिसतर्फ बालक तथा बालिकाबीच प्रतिस्पर्धा हुँदैछ । विविध खेल समेटिएको यस प्रतियोगिताले विद्यालय खेलकुदको दायरा अझ फराकिलो बनाएको आयोजकको भनाइ छ ।

विद्यालयकी अध्यक्ष पम्फा गुरूङले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै विद्यार्थीको समग्र विकासमा विद्यालय प्रतिबद्ध रहेको बताईन् ।

विद्यालयका प्रिन्सिपल डा.कैलाश तिमिल्सिनाका अनुसार विद्यार्थीको प्रतिभा प्रस्फुटन, टिम भावना विकास तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका सबै खेल विद्यालय प्राङ्गणमै व्यवस्थित रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । “यति ठूलो स्तरको प्रतियोगिता आयोजना गर्न पाउँदा गर्व लागेकाे छ” उनले भने, “याे प्रतियोगिता भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार बन्ने छ ।” उनले सम्पूर्ण शिक्षक, कर्मचारी तथा सहयोगीप्रति आभार व्यक्त गरे ।

विद्यालयका प्रबन्ध निर्देशक पदम बास्ताकाेटीले विभिन्न जिल्लाबाट आएको सहभागितालाई ऐतिहासिक भन्दै खेलाडीलाई अनुशासन, निष्पक्षता र एकताको भावना कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

निःशुल्क सहभागिता, ११ लाख११ हजार १ सय ११ रूपैयाँ बराबरको आकर्षक पुरस्कार, पदक, ट्रफी तथा छात्रवृत्तिसहित सञ्चालन भएको यस प्रतियोगिताले आगामी दिनमा अझ रोमाञ्चक प्रतिस्पर्धा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । खेलकुदले विद्यार्थीबीच खेलभावना अभिवृद्धि गर्नुका साथै अन्तर–जिल्ला सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने प्रिन्सिपल तिमिल्सिनाले बताए ।

विद्यालयका प्रबन्ध निर्देशक पदम बास्ताकाेटीले विभिन्न जिल्लाबाट आएको सहभागितालाई ऐतिहासिक भन्दै खेलाडीलाई अनुशासन, निष्पक्षता र एकताको भावना कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

निःशुल्क सहभागिता, ११ लाख ११ हजार १ सय ११ रूपैयाँ बराबरको आकर्षक पुरस्कार, पदक, ट्रफी तथा छात्रवृत्तिसहित सञ्चालन भएको यस प्रतियोगिताले आगामी दिनमा अझ रोमाञ्चक प्रतिस्पर्धा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । खेलकुदले विद्यार्थीबीच खेलभावना अभिवृद्धि गर्नुका साथै अन्तर–जिल्ला सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने प्रिन्सिपल तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *