रवि लामिछानेविरुद्धका दुई कसुर फिर्ता गर्न कास्की अदालतको आदेश

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगी मुद्दासँगै दायर गरिएको थप अभियोगमध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर नटिक्ने ठहर गर्दै अभियोगपत्र संशोधन गर्न आदेश दिएको हो ।

अदालतको आदेशअनुसार अब लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै कायम रहनेछ । अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोगपत्र संशोधन गर्न सरकारी पक्षलाई निर्देशन दिएको उल्लेख छ ।

अदालतमा सरकारी वकिल कार्यालयतर्फबाट बहस गरिएको थियो भने प्रतिवादी पक्षबाट वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरूको टोलीले बहस गरेका थिए ।

सूर्यदर्शन सहकारी प्रकरणसँग सम्बन्धित मुद्दामा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग लगाइएको थियो । तर अदालतले प्रारम्भिक सुनुवाइपछि दुई कसुर कायम रहने आधार नदेखिएको भन्दै ती अभियोग हटाउने आदेश दिएको हो ।

यस आदेशसँगै अब मुद्दा सहकारी ठगी कसुरमा केन्द्रित भएर अघि बढ्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *