गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि करार सेवामा कार्यरत कर्मचारीलाई स्थायी कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै संघ सरकारले कर्मचारीको तलब वृद्धि गरेअनुसार प्रदेशले पनि करार कर्मचारीको मनोबल उच्च बनाउन साउनदेखि स्थायीसरह महँगी भत्ताको व्यवस्था गरिएको बताए ।
गण्डकीमा करार कर्मचारीलाई स्थायीसरह महँगी भत्ता