राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्याङ्जाका नेता बोधराज रेग्मीले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
रास्वपा स्याङ्जाका संस्थापक नेतामध्ये एक मानिने रेग्मी गण्डकी प्रदेश समितिका संस्थापक प्रवक्ता हुन् । २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी स्याङ्जा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । हाल उनी पार्टीको केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारीमा कार्यरत छन् ।
पार्टी सभापति रवि लामिछानेनिकट मानिने रेग्मीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारलाई विजयी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय महाधिवेशन यही असार ७, ८ र ९ गते चितवनमा हुँदैछ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।