रवि लामिछानेले भने, देश रास्वपाको हातमा सुरक्षित छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश रास्वपाको हातमा सुरक्षित रहेको बताएका छन् ।चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा लामिछानेले उक्त धारणा राखेका हुन् ।

रविले सम्बोधनको क्रममा भने, ‘मञ्चमा उपस्थित तमाम राजनीतिक दलका शीर्षस्थ महानुभावहरुलाई साक्षी राखेर भन्न चाहन्छु । यहाँहरु निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ । देश सुरक्षित छ । लोकतन्त्रका स्थायी मान्यताहरु, शक्ति पृथकीकरणका मान्यताहरु, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति समतामूलक समाज, समावेशितालगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईंहरुजस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो । हामी त्यसको जगेर्ना गरेनछौं । त्यसबाट बाहिर जाने छैनौं ।

यसअगाडि भएका तमाम आन्दोलनको तिरस्कार गर्ने साहस हामीमा हुने छैन । त्यो कदम कदाबी चाल्ने छैनौं । म यहाँहरुलाई निर्धक्क हुनका लागि अनुरोध गर्न चाहन्छौं ।’ ‘यसअगाडि भएका तमाम आन्दोलनको तिरस्कार गर्ने साहस हामीमा हुने छैन,’ रविले सम्बोधनमा भने, ‘म यहाँहरुलाई निर्धक्क हुनका लागि अनुरोध गर्न चाहन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *