स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले दरौखोलामा माछा मार्न रोक लगाएको छ । शुक्रबार खोलामा माछाका भुरा छाडेपछि माछा मार्न पनि रोक लगाएको गापा प्रमुख प्रकाश तिवारीले बताए । उनका अनुसार विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र मिर्मिको सहयोगमा अर्जुनचौपारीले रहु र नैनी तीन हजार, गरदी चार हजार भुरा छाडेको हो ।
दरौखोला, केवरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलोपटक खोलामा माछाका भुरा छाडेको अध्यक्ष तिवारीले बताए । खोलालाई पालिकाको आम्दानीको माध्यम बनाउन अवको १५ दिनभित्र थप ५ हजार माछाका भुरा छाड्ने योजना गापाको छ । खोलालाई माछामार्फत आयआर्जनमा जोडिएको र बिज्ञस“गको छलफल गरेर खोलामा माछाका भुरा राखिएको बताइएको छ । पालिकाले खोलाको तीन किलोमिटर क्षेत्रमा चार ठाउँमा भुरा हालेको हो भने आगामी आर्थिक बर्षमा एक लाख भुरा हाल्ने योजना बनाएको छ ।
परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिले समेत माछा मार्न नपाउने र दैनिक जिविकोपार्जनमा कठिनाई उत्पन्न हुने अवस्था आईपरेमा पालिकाले राहत उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत उज्वल बस्नेतले बताए । जिविकोपार्जनमा कठिनाई भएका व्यक्ति वा समुदायलाई पालिकामा राहतका लागि निवेदन दिन पालिकाले सूचितसमेत गरेको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ । पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाईएमा कानून बमोजिम कारवाही गरिने पालिकाले जनाएको छ ।
Category: प्रदेश
-

दरौखोलामा माछाका भुरा छाडियाे, माछा मार्न रोक
-

तालिमपश्चात राेजगारकाे ग्यारेन्टी
कुककाे तालिम लिएका युवालाई तालिम सम्पन्न भएसँगै राेजगारी दिईएकाे छ । सीटीईभीटी गण्डकी प्रदेशकाे अायाेजनामा २७ दिनसम्म चलेकाे उक्त तालिममा सहभागीले राेजगार प्राप्त गरेका छन् ।
म्यादी प्रहरीकाे भूमिका निभाएका युवालाई उनीहरूको ईच्छा अनुसार कुक विषयमा सीपमूलक तालिम सञ्चालन गरिएकाे सीटीईभीटी गण्डकीका निर्देशक प्रमाेदभक्त अार्चायले बताए । तालिम सम्पन्न भएसँगै प्रमाण पत्र वितरण गरिएकाे थियाे ।
कार्यक्रममा उद्योगी, व्यवसायि र रोजगारदाताको उपस्थिति रहेको थियो । तालिम सम्पन्न गरेका युवाहरुको ईच्छा शक्ति, सिकेको सीप र काम प्रतिको सम्मानलाई देखेर पर्यटन व्यावसायिहरूले तुरुन्तै रोजगारी प्रदान गर्ने प्रतिवब्दता व्यक्त गरेका थिए ।
युवाहरुलाई सीपमूलक तालिम प्रदान गरी तालिम पश्चात राेजगारी तथा स्वरोजगारीमा जोड्न सहजिकरण गर्ने कार्यमा लागेका सवैलाई यो क्षण पक्कै पनि सुखद हुने भन्दै अार्चायले शुभकामना दिए ।
यस कार्यालयबाट पछिल्लो समय उधाेगी, व्यवसायी, राेजगारदाता र स्थानीय तहसँग समन्वय र सहकार्य गरि राेजगारीकाे सुनिश्चितता हुनेगरि सिपमुलक तालिम संचालन गर्दै अाएकाे प्रमुख अार्चायले बताए ।
-

गल्याङको नगरपालिकाको बजेट पारित
आर्थिक वर्ष २०७९/८० का लागि स्याङ्जाको गल्याङ नगरपालिकाले सार्वजानिक गरेको बजेट सर्वसम्मत पारित भएको छ । नपाले असार १० मा बजेट ल्याएको थियो । ११ औँ नगर सभाको पहिलो वैठकमा पेश भएको बजेटलाई दोस्रो वैठकले पारित गरेको हो ।
नगर उपप्रमुख हेमा न्यौपानेले ८६ करोड ५६ लाख ४२ हजार रुपैयाँको बजेट पेश गरेकी थिइन् । जसमा ३७ करोड १० लाख रुपैंयाँ संघीय सरकारको सशर्त अनुदान रहेको छ भने बाँकी ४९ करोड ४६ लाख ४२ हजार नगरपालिकाको बजेट रहेको छ । चालुतर्फ १५ करोड ३७ लाख २७ हजार रुपैयाँ खर्चको अनुमान गरिएको छ ।
बैठकमा नगर सभाका अध्यक्ष गुरुप्रसाद भट्टराईले जनतालाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्नेमा जोड दिएका थिए । नगर सभाका सदस्यले उठाएको प्रश्नको जवाफ दिदै नगरप्रमुख भट्टराईले नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी बजेट आएको बताए । -

मन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवन नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा बराललाई केन्द्रिय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री बराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्य भएका थिए ।
त्यसैगरी बैठकले आसमान रोका, तेजकुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमा मनोनयन गरेको छ । मनोनित भएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाए । काठमाडौंमा सोमबार देखि सुरु भएको बैठक असार २१ गतेसम्म चल्ने भएको उनले जनाए । -

सेवा बन्द भएको ७ वर्षपछि नयाँ मेसिन
सेवा बन्द भएको ७ वर्षपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सिटी स्क्यानको लागि नयाँ मेसिन ल्याउने भएको छ । प्रदेशकै ठूलो सरकारी अस्पतालमा नयाँ मेसिन भित्रिएपछि यहाँ आउने विरामी सिटी स्क्यान गन अस्पताल बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
‘मेसिन नेदरल्यान्डबाट खरिद गरी वीरगञ्ज नाकामा आइपुगेको छ, नेपाल भित्रयाउदा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले असार मसान्तसम्म मेसिन आउने अस्पताल समितिले जनाएको छ । समितिका अनुसार ढिला भए साउनको पहिलो हप्तासम्म मेसनि आउनेछ ।
मेसिन खरिदका लागि अस्पतालले फिलिक्स कम्पनीसँग ७ करोड सम्झौता गरेको छ । कम्पनीले अघिल्लो असारमै मेसिन खरिद गरे पनि आयातमा समस्या हुँदा मेसिन ल्याउन ढिलाइ भएको जनाएको छ ।
मेसिन जडानका लागि अस्पतालमा सबै तयारी भइसकेको छ । मेसिन नेदरल्यान्डबाट नेपालको सिमामा आउन १ वर्ष लागेको छ । अझै अस्पतालमा आइसकेको छैन । ‘यो मेसिनमा ५ वर्षे वारेन्टी हुने सम्झौता छ । अहिले अस्पताल आउने स्वास्थ्य बिमा गरेका बिरामीको सिटी स्क्यान गर्नुपर्दा निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरिएकोे छ । -

लामा फाउण्डेशन घान्द्रुकले राख्यो जोखिमयुक्त घुम्तीमा ‘कन्भेक्स मिरर’
कास्कीको अन्नपुर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित विभिन्न १० घुम्तीमा कन्भेक्स मिरर जडान गरिएको छ । पर्यटकीय स्थल घान्दु्रक जाने उक्त सडकमा लामा फाउण्डेशन घान्द्रुकले १ लाख मूलयको मिरर जडान गरेको हो ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित कन्भेक्स मिरर राखेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण–८ को बिरेठाँटी, लामखेत, सार्दीखोला, सिर्दीडाँडा, भिचुकचोकमा २ वटा, छैछरीचोकको स्कुलघुम्ती, सिँवै र हुँदुँ लगायतका घुम्तीमा कन्भेक्स मिरर (ऐना) जडान गरिएको हो ।
घान्द्रुकमा दिनहुँ पर्यटकको आवागमन वृद्धि भएको बताउँदै यात्रालाई सुरक्षित गराउने उद्देश्य सहित ऐना जडान गरिएकोे उनले बताए । ‘अहिले सडक पिच भएको छ गाडीको गति बढी हुने र दुर्घटना हुने सम्भावना बढी भएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहितज डान गरेको हो, उनले भने, ‘यो अभियानमा देश तथा विदेशमा रहनुभएका आफन्तजन साथीभाईको आर्थिक सहयोग गर्नुभएको छ ।’
कन्भेक्स मिररले विपरित दिशाको बाटोको अवस्थालाई देख्न सघाउ पुर्याउछ । कन्भेक्स मिरर जडान गरेपछि चालक पनि हर्षिद छन् । स्थानीय चालक विजय हमालले जोखिमयुक्त सडकको घुम्तीमा ऐना जडान गरेपछि दुर्घटना न्यूनीकरण हुने बताए ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहदैं आएको फाउण्डेशनले यस अघि घान्द्रुकस्थित कलाभीरमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यसहित १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो । -

एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन
पाोखरा–१७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को एक कार्यक्रमबीच पुनर्गठनसँगै पदस्थापन भएको छ । हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू ठिन्लेले जनाए । विद्यार्थीमैत्री वातावरणमा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील हुने गरी हरेक वर्ष परिषद्को गठन गरिएको हो । काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिरिङ र तेन्जिन छेतेन चयन भएका छन् ।
मतदानबाट भएको चयनमा प्रक्रियामा विद्यार्थी प्रिफेक्टहरु छात्रतर्फ कर्म टासी, टासी फुन्चोक, छिरिड. शेर्पा र रिन्जिन ढुन्डुप चयन भएका छन् । छात्रातर्फ छिरिड युडोन, डोल्मा तामाड., पासाड. डोल्मा र अनिता गुरुड. चयन भएको चपरिषद्ले शैक्षिक वर्ष सन् २०२२ र २०२३ का लागि काम गर्ने छ । सिनियरतर्फ दीपेन गुरुड. र पेमा डोल्मा रहेका छन् । विद्यार्थी नायक ढुन्डुप छिरिङले विद्यार्थीको अनुशासनलाई कायम राख्दै सिर्जनशील बन्न प्रेरित गर्ने बताए । -

वाग्मती प्रदेशको बजेट बहुमतले पारित
वाग्मती प्रदेश सरकारको विहीवार बसेको वैठकले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट बहुमतले पारित गरेको छ । असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभा वैठकमा आगामी आवको बजेट प्रस्तुत गरेका थिए ।
जम्कट्टेलले पेस गरेको अर्थसम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक–२०७९ बहुमतले पारित भएको हो ।
बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसद उभिएका थिए । गठबन्धन हाल प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन् । सरकारले आगामी आवका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो । सरकारले आगामी वर्षको लागि ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा १३ अर्ब रुपैयाँले बढी छ । -

कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश र समग्र मुलुकको जिविकाको मुख्य आधार खेतीपाती नै रहेको भन्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसरहरु सिर्जना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ ।’ यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ दिवस मनाइएको छ ।
विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।
मुख्यमन्त्री पोखरेलले यस अवसरमा सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्ना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानमा हातेमालो गर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’
