एएफसी यू–२३ लेवनानसँग भिड्दै नेपाल

एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमले आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा ४ः४५ बजे सुरु हुनेछ।
नेपाल पहिलो खेलमा इरानसँग ४ ० र दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो।
लगातार दुई हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको थियो। समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछ।
दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन्।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *